Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

बाग्लुङमा विषाक्त मदिरा सेवनबाट ४ मजदुरको मृत्यु

बाग्लुङमा विषाक्त मदिरा सेवनबाट ४ मजदुरको मृत्यु

५ साउन, काठमाडौं– बागलुङमा एक खानेपानी आयोजनामा काम गर्दै आएका चार जना मजदुरको विषाक्त घरेलु मदिरा सेवनबाट मृत्यु भएको छ।

गलकोट नगरपालिका वडा नम्बर ७ मल्मको एक खानेपानी आयोजनामा काम गर्ने मजदुर २१ वर्षीय दीपेन्द्र पुन, ३९ वर्षीय दूधबहादुर राना, ५१ वर्षीय रेखबहादुर राना र ३० वर्षीय प्रविन घर्तीको विषाक्त मदिरा पिएर मृत्यु भएको हो।

मदिरा पिएर गम्भीर बिरामी ३८ वर्षीय खेमराज घर्ती र २६ वर्षीय रवीन्द्र पुनको धौलागिरि अस्पालमा उपचार भइरहेको छ।

सोमबार स्थानीय मदिरा पसलमा ‘लोकल’ मदिरा सेवन गरेका उनीहरु गम्भीर बिरामी परेका थिए।

WRITE COMMENTS FOR THIS ARTICLE