काठमाडौंमा १८ वर्ष माथिकाले पनि पाउने भए जोन्सन एण्ड जोन्सनको खोप
काठमाडौंमा १८ वर्ष माथिकाले पनि पाउने भए जोन्सन एण्ड जोन्सनको खोप
६ साउन, काठमाडौं– काठमाडौं उपत्यकामा बुधबारदेखि १८ वर्षभन्दा माथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको जोन्सन एण्ड जोन्सन खोप दिन थालिएको छ ।
उक्त खोपको लक्षित समूह ५० देखि ५४ वर्षका नागरिक, अपाङ्गता भएका व्यक्ति, शरणार्थी, जान्सेन खोप अनिवार्य गरिएका मुलुक जान लागेका नागरिक तथा पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मीमात्र तोकिएको थियो ।
यद्यपि दुई दिनसम्म लगाउँदा पनि खोप बाँकी रहेपछि १८ वर्षभन्दा माथिकालाई सो खोप दिन लागिएको हो ।
स्वास्थ्य सेवा विभागले काठमाडौंलाई १ लाख ४० हजार डोज जोन्सन एण्ड जोन्सनद्वारा उत्पादित जान्सेन खोप उपलब्ध गराएको थियो ।
दुई दिनसम्म खोप कार्यक्रम सञ्चालन गर्दा पनि ठूलो संख्यामा खोप बाँकी रहेपछि ती खोप १८ वर्षभन्दा माथिका नागरिकलाई दिने निर्णय गरेको काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीले बताए ।
अमेरिकाले कोभ्याक्स कार्यक्रमअन्तर्गत गत असार २८ गते जोन्सन एण्ड जोन्सन कम्पनीको १५ लाख डोज खोप नेपाललाई उपलब्ध गराएको थियो । यो खोप एक डोज मात्र लगाए पुग्ने बताइएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE