टोपबहादुर रायमाझी भन्छन्, ‘एमाले प्रवेश गरेको छैन, माओवादीमै छु’
१३ साउन, काठमाडौँ – नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा प्रवेश गरेका पूर्वमन्त्री टोपबहादुर रायमाझीले आफू माओवादीमै रहेको दाबी गरेका छन् । बुधबार सर्वोच्च अदालतमा सांसद पद कायम गर्नुपर्ने मागसहित दायर भएको रिटमा उनले आफू माओवादीकै केन्द्रीय समिति सदस्यमा रहेको बताएका हुन् ।
दायर गरिएको रिटमा उनले भनेका छन्, ‘नेकपा एमाले आजसम्म म औपचारिक रुपमा प्रवेश गरेको छैन । एमालको पार्टी सदस्यता लिएको छैन । नेकपा माओवादी (एकता)केन्द्रको केन्द्रीय समितिको सदस्यमा रहेको छु ।’
रायमाझीसँगै पूर्वगृहमन्त्री रामबहादुर थापा बादललगायत माओवादीका थुप्रै नेताहरु माओवादी छाडेर नेकपा एमालेमा प्रवेश गरेका थिए । एमालेमा प्रवेश गरेपछि उनीहरुलाई माओवादीले पार्टीबाट निष्कासन गरेको थियो ।
माओवादीले सांसद पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि संसद् सचिवालयले रायमाझीलाई गएको चैत २६ गते सांसद पदबाटसमेत हटाएको थियो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE