Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

थप ९११ जनामा कोरोना संक्रमण पुष्टि, १३ को मृत्यु

२७ भदौ, काठमाडौँ – आज पनि मुलुकभर नयाँ कोरोना संक्रमितहरुको संख्या १ हजार भन्दा कम रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभर पछिल्लो २४ घण्टामा ९ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार १८ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ९ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ७ हजार ८७८ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ८ सय ३८ जना र ३ हजार १४० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ६३ हजार ८५७ पुगेको छ । पछिल्लो २४ घण्टामा १४२३ जना कोरोनामुक्त भए, १३ को मृत्यु भएको छ ।

कोरोना भाइरस ९कोभिड–१९०को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ४२३ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ३९ हजार ४५७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ११ हजार १८ जनाको परीक्षण हुँदा हालसम्म कुल ४५ लाख ३४ हजार ०४२ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप १३ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ९४९ पुगेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE