Date
बुध, जेष्ठ १३, २०८३
Wed, May 27, 2026

मन्थली नजिकै जीप दुर्घटना, तीनको मृत्यु

३१ भदौ, रामेछाप – ओखलढुंगा आउँदै गरेको बोलेरो रामेछापको मन्थली नगरपालिका वडा नं १ कुनौरी, बोक्सेको भिरमा दुर्घटनामा परेको छ ।  दुर्घटनामा एक महिला सहित तीन जनाको मृत्यु भएको छ ।

दुर्घटनामा एक बालक गम्भीर घाइते भएको सो्रतले जनाएको छ । गम्भिर घाइते हुनेमा १२ वर्षीय पेम्बा शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी श्रीशंकर श्रेष्ठले जानकारी दिनुभयो ।

बोलेरो खुर्कोट-मन्थली सडकखण्डको हात्तिटार (बोक्से) भिरबाट तामाकोशी नदीमा खसेको छ । मृतक तीन जनाको परिचय खुलेको छैन।काठमाडौंबाट ओखल्ढुङ्गा तर्फ जाँदै गरेको प्रदेश नम्बर ३-०१-०२३ च ३५१३ को सामान बोक्ने बोलेरो दुर्घटनमा परेको हो।  अहिले दुर्घटना स्थलमा प्रहरी स्थानीय र रामेछाप सहयोगी मन रासमको टोलीले उद्धार गरिरहेको जनाइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE