Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026

११ घण्टापछि मुग्लिन-नौविसे सडक सञ्चालनमा

६ आश्विन,चितवन – पहिरोका ​कारण अवरुद्ध मुग्लिन –नौविसे सडक सञ्चालनमा आएको छ । यस सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना–४ नाग्दीखोला नजिकै खसेको पहिरोका कारण गएराति ११ बजेदेखि  दुईतर्फी अवरुद्ध बनेको सडक ११ घण्टापछि सञ्चालनमा आएको हो । सडक डिभिजन कार्यालयको दुई वटा लोडरले पहिरो पन्छाइ बिहान १० बजेदेखि सडक सञ्चालन गरिएको  इलाका  प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पहिरो पन्छाएसँगै सवारीसाधन  गन्तव्य तर्फ लागेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE