Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

राष्ट्रिय महिला फुटबल टोली स्वदेश फर्कियो

७ अश्विन, काठमाडौं – उज्वेकिस्तानमा एएफसी महिला एसियन कप(२०२२ छनोट खेलेर नेपाली राष्ट्रिय महिला फुटबल टोली बिहीबार स्वदेश फर्किएको छ । नेपाली टोली बिहान स्वदेश फर्किएको हो । टोलीलाई अखिल नेपाल फुटबल संघ ९एन्फा०का पदाधिकारीले स्वागत गर्नुभयो ।

छनोटको समूह एफमा रहेको नेपाल एक बराबरी र एक हारको नतिजापछि समूह चरणबाटै बाहिरिएको थियो । पहिलो खेलमा फिलिपिन्ससँग पराजित भएको नेपालले दोस्रो खेलमा हङकङसँग गोलरहित बराबरी खेलेको थियो । नेपालले २ खेलबाट १ अंक जोड्यो । फिलिपिन्स र हङकङबीचको खेल शुक्रबार हुँदैछ । यो समूहको शीर्ष टोली अर्को वर्ष भारतमा हुने एसियन कपमा छनोट हुनेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE