कौशलटारमा मोटरसाइकल दुर्घटना एकको मृत्यु,प्रहरी हवल्दार घाइते
१९ आश्विन,काठमाडौं – भक्तपुर कौशलटारनजिकै सोमबार राति एउटा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। ना ३२ प ६६७३ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा पर्सा वीरगन्ज महानगरपालिका-२० घर भएका ३० वर्षीय लोकनाथ ठाकुर हुनुहुन्छ। उहाँ भक्तपुर नगरपालिका-१० कमलबिनायकमा बस्दै आउनुभएको थियो।
उहाँको उपचारको क्रममा भक्तपुर इन्टरनेशनल अस्पतालमा मध्यराति मृत्यु भएको थियो। प्रहरीका अनुसार भक्तपुरबाट काठमाडौं आउँदै गरेको मोटरसाइकल सडकको रेलिङमा ठोक्किँदा दुर्घटना भएको थियो।
तीव्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। दुर्घटनामा वीरगन्ज-२० घर भई हाल इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा कार्यरत् प्रहरी हवल्दार सियाराम सिंह घाइते हुनुहुन्छ ।
उहाँ मोटरसाइकलको पछाडि बस्नुभएको थियो । उहाँको अहिले नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ।


RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE