Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026

इमर्जिङ नेपालको आईपीओ बाँडफाँड

४ फागुन, काठमाडौँ – इमर्जिङ नेपाल लिमिटेडको प्राथमिक सेयर (आईपीओ) बुधबार बाँडफाँड भएको छ । कम्पनीले गत माघ २६ गते बुधबारदेखि फागुन १ गते, आइतबारसम्म जारी गरेको एक सय रुपैयाँ अंकित ५ लाख ५५ हजार ६ सय कित्ता सेयर आज बाँडफाँड भएको हो ।

जसमध्ये ५१ हजार ६३८ जनाले कम्पनीको सेयर हात पारेका छन् । गोलाप्रथाबाट भएको बाँडफाँडमा ५ हजार ६७० जनाले प्रतिव्यक्ति १० कित्ताका दरले र ८ जना भाग्यशाली आवेदकहरुले ११/११ कित्ता हात पारेको कम्पनीले जनाएको छ ।

सेयर खरिदका लागि कुल २३ लाख २८ हजार ७ सय ६ जनाले आवेदन दिएका थिए । जसमध्ये, २ हजार ५ सय ५२ जनाको आवेदन रद्द भएको थियो भने, बाँकी योग्य लगानीकर्ताहरुलाई गोलाप्रथामा सामेल गराइएको थियो । जस मध्येबाट ५ हजार ६७८ जनाले कम्पनीको सेयर हात पार्न सफल भएका हुन् । बाँकी २२ लाख ७७ हजार २८ जनाको हात खालि भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE