Date
बिहि, बैशाख १०, २०८३
Thu, April 23, 2026

प्रतिनिधिसभा विघटन अन्तर्राष्ट्रिय सेटिङ अनुरुप भएको थियो : प्रचण्ड

२ चैत्र, काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दुई दुई पटकको प्रतिनिधिसभा विघटन अन्तरराष्ट्रिय सेटिङ अनुरुपको भएको बताएका छन् । तत्कालीन प्रधानमन्त्री केपी ओलीको सहभागितामा भएको सो सेटिङ​लाई आफूहरुले भत्काउन सफल भएको प्रचण्डले बताए ।

बुधबार काठमाडौंमा आयोजित पार्टीको आन्तरिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘माओवादी जनयुद्ध र ऐतिहासिक जनआन्दोलनको उपलब्धि उल्ट्याउने षड्यन्त्र अनुरुप विघटन गरिएको थियो । त्यसमा ठूलो अन्तरराष्ट्रिय सेटिङ अन्तरगत थियो ।

देशभित्र पनि प्रतिक्रियावादीहरुको सेटिङ अन्तरगत थियो । तर हामीले सशक्त रुपमा जनतामा अपील गरेपछि उनीहरुको सेटिङ सफल हुन पाएन ।’ प्रचण्डले कम्युनिस्टहरुबीचको एकतालाई धेरैले स्वीकारेपनि केपी ओलीको कार्यशैलीले नेकपा विभाजित बनेको बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE