Date
बुध, बैशाख १६, २०८३
Wed, April 29, 2026

गजल

गजल

जिन्दगीको रहेन छ कुनै भर हजुर
रहेछ यो बालुवामाथिको घर हजुर ।।१।।

कहाँ पुगेर हुन्छ अन्त्य छैन टुंगो
हुने रहेछ सधैं कालको डर हजुर ।।२।।

जति सपना बुने पनि के गर्नु र
पूरा गर्न ईश्वरलाई छैन कर हजुर ।।३।।

एकमुठी खरानी उडाउँछ हावाले
आज हो कि भोलि मात्रै चर हजुर ।।४।।

आकाशमा उडिरहेको जहाज जस्तो
कुन बेला खस्ने हो छैन धर हजुर ।।५।।

२०७९ पुस ११ गते सोमबार
बाबुकाजी सुवाल (विकेश निराशी)
चाँगुनारायण नगरपालिका२, झौखेल, भक्तपुर ।

WRITE COMMENTS FOR THIS ARTICLE