मिलिजुली परिवारद्वारा बालबालिकालाई झोला तथा शैक्षिक सामाग्री वितरण
काठमाडौँ । गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवारले बिपन्न परिवारका ३६ जना बालबालिकाहरुलाइ शैक्षिक सामाग्री बितरण गरेको छ ।
शनिबार भक्तपुर जिल्लाको दुवाकोटस्थित श्री मनोहर आधारभुत बिधालयमा अध्यनरत अति बिपन्न परिवारका ३६ जना बालबालिकाहरुलाइ ३५ हजार बराबरको स्कुल ब्याग तथा शैक्षिक सामाग्री बितरण गरेको कार्यक्रम संयोजक सावित्री गौतम खनालले जानकारी दिनु भयो ।

मिलिजुली परिवारको इच्छा बिपन्न परिवारका बालबालिकामा पुर्याउ शिक्षा भन्ने मुल लक्ष्य लिएर सामाजिक सेवामा काम गर्दै आएको गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवारले पछिल्लो समय बिपन्न परिवारका बालबालिकाको शिक्षामा सहयोग गर्दै आएको मिलिजुली परिवारका अध्यक्ष माधव शर्माले बताए।

गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवारकी संरक्षक रारा सैंजुको शुभ जन्मदिन पारेर मिलिजुली परिवारले उक्त सहयोग हस्तान्तरण कार्यक्रम गरेको थियो । कार्यक्रममा मिलिजुली परिवारका अध्यक्ष माधव शर्मा, बिधालयका प्रधानअध्यापक राजु खत्रीबिधालय ब्यबस्थापन समितिका अध्यक्ष, स्थानीय जनप्रतिनिधि, मिलिजुली परिवारका पदाधिकारी र अभिभावकहरुको उत्साहजनक उपस्थिति थियो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE