Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026

सशस्त्र प्रहरीको सीमामा तस्करीको ‘सेटिङ’: १४ उच्च अधिकारी छानबिनमा तानिए

दिनेश सहनी
जनकपुरधाम – सीमा सुरक्षा र भन्सारछली नियन्त्रण गर्न खटिएका सशस्त्र प्रहरी बलका १४ जना उच्च अधिकारी छानबिनमा परेका छन्। तस्करीका घटनामा संलग्नता र भन्सार छली नियन्त्रणमा असफल भएको आरोपपछि उनीहरूलाई सशस्त्र प्रहरी मुख्यालयले छानबिनका लागि तानेको हो।

छानबिनमा तानिएका अधिकारीहरूमा चार जना गणपति, चार जना गुल्मपति, र ६ जना बीओपीका इन्चार्ज छन्। मुख्यालयले विशेषत: बारादेखि झापा, सिरहा, धनुषा, र सुनसरीसम्मका तस्करी प्रकरणमा निगरानी गर्न खटाइएका प्रमुखहरूलाई तानेको हो।

तस्करी र राजस्व चुहावटका घटनामा आलोचित बनेका अधिकारीहरूमा ३ नम्बर गणका एसपी विश्व खड्का, १२ नम्बर गण बाराका सन्तोषबहादुर सिंह, ८ नम्बर गण धनुषाका दर्शन गिरी, र ३० नम्बर गण बाँकेका बिमल डाँगी रहेका छन्।

यसअघि, तस्करीका घटनाहरू बढेको र भन्सार राजस्व घटेको आरोपपछि गुल्म तथा बीओपीका इन्चार्जहरूमाथि छानबिन सुरु गरिएको हो। सिरहाको नवराजपुर बीओपीका रोशन थापा, सुनसरीको अमरडुवा बीओपीका प्रकाशबिक्रम कार्की, र झापाको तिरिङ बीओपीका खेमबहादुर कटुवाललगायत अन्य बीओपी प्रमुखहरू छानबिनको दायरामा परेका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE