Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

सरकारद्धारा अन्धाधुन्ध गोली हान्ने र मार्ने कार्य भयो : शान्ति समाज

मानवअधिकार तथा शान्ति समाजले भ्रष्टाचारको विरोध र सरकारको स्वेच्छाचारीविरुद्धको विरोध प्रदर्शनमा उत्रिएका युवा पुस्तामाथि अन्धाधुन्ध गोली हान्ने र मार्ने कार्य भएको  निष्कर्ष निकालेको छ । सरकारले नैतिक वैधानिकता गुमाएको भन्दै सरकाकारको क्ररता लोकतान्त्रिक हुन नसक्ने बताएको हो । जेनजी नाममा भएको प्रदर्शनमा प्रहरीले गोली हानी १४ जनाको मृत्यु र दर्जनौं घाइते भएको छ।

जेनजी पुस्ताले आह्वान गरेको प्रदर्शनको क्रममा राज्यबाट भएको बर्बर दमनपछि विज्ञप्ति जारी गर्दै समाजले सरकारले नैतिक वैधानिकता गुमाएको बताएको हो।

‘युवा पुस्ताद्वारा जेनजीको नाममा भएको देशव्यापी विरोध प्रदर्शन आह्वानका क्रममा काठमाडौंको बानेश्वर क्षेत्रमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर एक दर्जन बढीको मृत्यु भएको ९समाचार अनुुसार १४ जना० र पत्रकारहरूसहित दर्जनौ घाइते भएको ९२३ गते अपराह््नसम्म० घटनाले मानव अधिकार तथा शान्ति समाज स्तब्ध एवं मर्माहत भएको छ,’ विज्ञप्तिमा उल्लेख छ।

भ्रष्टाचारको विरोध र सरकारको स्वेच्छाचारीविरुद्धको विरोध प्रदर्शनमा उत्रिएका युवा पुस्तामाथि अन्धाधुन्ध गोली हान्ने र मार्ने कार्य भएको समाजको निष्कर्ष छ।

‘आफूले गरेका भ्रष्टाचारको ढाकछोप गर्न नागरिक मार्ने कार्य बर्बर एवं जघन्य अपराध हो। नागरिकमाथि क्रुरताको प्रदर्शन गर्ने सरकार लोकतान्त्रिक हुुन सक्दैन तसर्थ यो सरकारले नैतिक वैधानिकता गुमाइसकेको धारणा शान्ति समाजको छ। यस्तो क्रुरताको लागि जिम्मेवारहरुलाई दण्डित गर्नु आवश्यक छ,’ विज्ञप्तिमा भनिएको छ।

स्वाभिमान युवाहरु भ्रष्ट नेताहरूको नेतृत्वबाट मुक्ति चाहन्छन् भन्दै समाजले देशमा सुशासन र स्वतन्त्रताको पक्षमा उभिने युवा पुस्ता कुुनै पनि निरंकुशताको विरोधमा हुने बताएको छ।

‘देशव्यापी रुपमै त्यस्तो आवाज उठाउँदा गोली हानेर नागरिकको हत्या गर्ने कार्यको जति निन्दा गरे पनि कम हुन्छ,’ समाजले भनेको छ, ‘भ्रष्टाचारविरुद्ध र स्वतन्त्रताको पक्षमा गरिने कुनै पनि आन्दोलनमाथि दमन गर्नु हुँदैन भन्ने मान्यता शान्ति समाजको छ । यसैगरी यस्ता आन्दोलनहरू पनि तोडफोड र अराजकताबाट सधै मुक्त हुनुपर्छ । सुशासन र स्वतन्त्रताका लागि गरिने आन्दोलनहरु सदैव संयमित हुनुपर्छ ।’

WRITE COMMENTS FOR THIS ARTICLE