डा. केसीद्वारा प्रधानमन्त्रीको राजीनामा माग
सवाल सम्वाददाता
काठमाडौं-प्रतिनिधिसभाले बहुमतबाट पारित गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकको बारेमा प्रतिक्रिया दिन आयोजित पत्रकार सम्मेलनमा अनसनरत चिकित्सक डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्नुभएको छ । चिकित्सा शिक्षा सुधारलगायतका माग राखेर पुस २५ गतेदेखि अनशनमा रहेका चिकित्सक डा. गोविन्द केसीको तर्फबाट डा. जीवन क्षेत्रीले ज्ञापनपत्र वाचन गर्नु भएको थियो । ज्ञपनपत्रमा “आफैँले गराएका सम्झौता कार्यान्वयन गर्ने नैतिकताबाट च्यूत तथा आफ्नै वितगका कुराबाट विचलित प्रधानमन्त्री केपी शर्मा ओलीबाट तत्काल नैतिकताका आधारमा राजीनामा दिनुपर्ने अवस्था सिर्जना भएको छ”, लेखिएको छ, । “प्रधानमन्त्रीको निर्णय क्षमता र उहाँको स्वास्थ्य क्षमता तथा उहाँले लिइरहेको औषधीका कारण प्रभावित भएको र त्यसको मूल्य राष्ट्रले चुकाइरहनु पर्ने दुर्भाग्यपूर्ण कुरा हो ।” ज्ञापनपत्रमा उल्लेख छ ।
डा. केसीले अझै अनशन जारी रहने पनि जानकारी गराउनु भएको छ । उहाँले चिकित्सा शिक्षा लगायतका १६ औँ अनशनका माग पूरा गराउन आग्रह समेत गर्नु भएको छ । प्रधानमन्त्रीले गरेको सम्झौता विपरीत संसदले जालझेलबाट विधेयक पारित गरेकोमा डा. केसीले आपत्ति जनाउनु भएको छ । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाका कारण उक्त विधेयक आफूले भनेजस्तो नभएको बताउनु भएको थियो । अहिले जारी गरेको विधेयकले स्वास्थ्य सेवा दिने भन्दा पनि नेकपा पार्टीनिकट भएका व्यक्तिहरूलाई पोस्ने गरी ल्याइएको डा. केसीको बुझाइ छ । चिकित्सा शिक्षासँग सम्बन्धित मात्र नभएर द्वन्द्वकालिन मुद्दाका विषयमा उठाएका माग पनि पूरा गर्नुपर्ने केसीको भनाइ छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE