Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

प्रदेश नं. ७ मा हजारौं चुनौती, लाखौं सम्भावना र करोडौं अवसरहरु, के गर्नु पर्छ त्यहाँको सरकारले !

यस्तो छ वास्तविक सुदुरपश्चिम

  • भिमसेन नायक

देशको राजधानी काठ्माडौ भन्दा निकै टाढा पश्चिममा रहेको क्षेत्र हो सुदुरपश्चिम । नौ वटा जिल्लाह? बैतडी, दार्चुला, डडेलधुरा, डोटी, बझाङ्ग, अछाम, बाजुरा, कैलाली र कञ्चनपुर रहेको सुदुरपश्चिम संसारका हरेक पर्यटकहरुलाई मन्त्रमुग्ध तुल्याउन सक्ने प्रकृतिक सम्पदाहरुले भरीपुर्ण क्षेत्र हो । देश संघियतामा गइसके पछि प्रदेश नं ७ मा अवस्थित क्षेत्र हो सुदुरपश्चिम । वास्तवमा यो धर्ति प्रकृतिका अद्भुत र सैन्दर्यपुर्ण छटाहरुले भरीपुर्ण छ ।

दाचुलाको अपि र बझङ्गको सैपाल गरी दुइ उच्च हिम शिखरहरु छन् । यहाँ जहाँ बाट अविरल रुपमा पानि बगि रहन्छ । बाह्रै महिना हिउँको सेतो बर्काे ओडेर सुदुरपश्चिमको रक्षार्थ खटिएका यी हिम शिखरहरुले नेपाल र नेपालीहरुको गौरव र गरीमामा नयाँ आयाम थप्ने काम मात्र गरेको छैन । यीनले त संसारका हरेक सौन्दर्यपासकहरुलाई लोभ्याउने काम पनि गरेका छन् । आप्mन हरेक अंगबाट यौवनका मादक तत्वहरु प्रस्फुटित गर्न सफल यस क्षेत्रको प्राकृतिक सौन्दर्यताले विदेशी पर्यटकहरुको हृदयलाई कहिलै विर्सन नसकिने छाप छोडि दिन्छ । सुदुरपश्चिमलाई सदा सिगारिरहने र सौन्दर्यपुर्ण बनाउने यी थुप्रै प्राकृतिक तत्वहरुको उपयोग गर्न सके सुदुरपश्चिम अर्थात प्रदेश नं ७ नेपालकै सुन्दर समृद्ध र विकसित प्रदेश बन्ने कुरामा कुनै दुइमत नै छैन् । चिसापानीमा अवस्थित कर्णाली पुल र दोधरा चाँदनीमा अवस्थित एशीयाकै ठुलो झोलुङ्गे पुलको आलोकन गर्दा मन्त्रमुग्ध हुन्छन पर्यटकहरु . शुक्लाफाटा राष्ट्रिय निकुञ्ज र खप्तड राष्ट्रिय निकुञ्जहरुको सौन्दर्यताले त स्वर्गलाई नैै गिज्ज्याइरहेको हुन्छ ।

यी सुन्दर राष्ट्रिय निकुञ्जहरुमा स्वतन्त्ररुपमा बाँचिरहेका तथा उक्त निकुञ्जहरुलाई नै आफ्नो सुरक्षित र मनमोहक बासस्थान बानाएका जंगली पशुपंक्षीहरु नियाल्दै गर्दा जो कोहिका आँखाबाट पनि हर्षका आँशु बररर खस्ने गर्छन । त्यो क्षेत्रमा भ्रमण गर्न जाने पर्यटकहरुलाई सधै भरी त्याँही बसिरहरु जस्तो लाग्छ र उक्त क्षेत्रलाई छोडेर जानुपर्दा छाति पिटेर रुने गर्छन पर्यटकहरु । लाग्छ मर्नु अघि एक पटक घुम्नै पर्ने क्षेत्र रहेछ सुदुरपश्चिम जहाँ पर्यटकहरु यहाँको सुन्दरता र जादुमा चुर्लम्ब डुबेर रमाउने गर्छन् । घोडाघोडी ताल र खप्तड तालको अवलोकन गर्न आएका पर्यटकहरु यहाँको सुन्दरताको रसपान गर्दा गर्दै आफुलाई नै विर्सिन्छन् अनि आत्मिय आनन्द सागरमा डुबुल्कि मार्दै जिवनको रहस्यलाई पहिचान गर्छन् । यहाँ थुप्रै सुन्दर र अच्चम्मित मन्दीर देव गुफाहरु छन् ।

बैतडीको मेलौली भगवती मन्दीर, त्रिपुरा सुन्दरी मन्दीर, डडेलधुराको उग्रतार मन्दीर, डोटीको शैलेश्वरी लगायतका धार्मिक पुरातात्वीक मन्दीरहरुको भ्रमण गर्दा साँच्चै नै भगवानको दर्शन पाएको जस्तो अनुभुती हुन्छ . बैतडी जिल्लाको मेलौली मन्दीरको पश्चिम र ग्रिन बेल्टको ठिक मुनी देव्वा ओडार नामले चर्चित देव गुफा छ । प्रवेशद्धार साँघुरो भएको हुदा सबैलाई भित्र प्रवेश गर्न गाह्रो हुन्छ । भित्र प्रवेश गरेका मान्छेहरुका प्राप्त जानकारीअनुसार यहाँ विभिन्न देवी देवताहरु र जनावरहारुका प्रकृतिक मुर्तिह? रहेका छन् । माथितिर तलाहरु पनि छन् । अगाडी गएर दुईवटा बाटाहरु पनि छुट्टीन्छन् । उज्यालोको साधन लिएर मात्र भित्र हेर्न सकिन्छ । स्थानीय वासीहरुको भनाइ अनुसार मन्दीरको चौर मुनी हुदै दक्षिण पुर्वमा पर्ने देउ नोला सम्म ७ मिटर दुरी सम्म रहेको अनुमान गरीन्छ ।  सुदुरपश्चिमका अन्य विभिन्न ठाउँहरुमा पनि यस्ता थुप्रै अन’सन्धान योग्य अचम्मित तुल्याउने खालका देव गुफाहरु रहेको पाईन्छ ।  सुदुरपश्चिम प्रकृतिक रुपमा मात्र होईन सामाजिक र साँस्कृतिक रुपमा पनि उत्तिकै अग्रीम स्थानमा रहेको स्थान हो ।

यहाँका विविध जातजाति तथा धर्म साँस्कृतिका मानिसहरु मिलेर बसेको देख्दा लाग्छ साँच्चै नै सुदुरपश्चिम शान्ति र विकासको नमुना क्षेत्र हो । यहाँको गौरा पर्व र गौरा पर्वमा झ्याम्म झ्याम्म खट्टाको ताल मिलाएर खेलिने डेउडा खेल अर्थात डेउडा नृत्यले स्वर्गका परीहरुको नृत्यलाई समेत चुनौति दिइरहेको हुन्छ । यहाँ बजाइने पञ्चेबाजा ढोलक, दमाहा, मादल, बाँसुरी आदी र गाइने डेउडा गितले यहाँको साँस्कृतिको पहिचान गरेको पाइन्छ । यस्ता हजारौँ प्रकृतिक, सामाजिक तथा साँस्कृतिक सम्पदाहरुले भरीपुर्ण छ सुदुरपश्चिम । जस्को हामीले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रचार गरेर अधिक भन्दा अधिक पर्यटकहरु भित्र्याउन सक्यौँ भने मात्र पनि सुदुरपश्चिम समृद्धिको शिखरमा पुग्ने लगभग निश्चित देखिन्छ । प्राकृतिक, सामाजिक र साँस्कृतिक रुपमा धनि रहेको र आर्थिक समृद्धिको हजारौँ सम्भावनाहरु बोकेको क्षेत्र भए पनि सुदुरपश्चिम देशको राजधानी भन्दा टाढा भएकोले राज्यले नै यसको अपहेलना गरेको जस्तो देखिन्छ ।

सुदुरपश्चिमको समृद्धिको लागि यहाँ भएको सम्पुर्ण स्रोतहरुको उचित उपयोग गरी संसारलाई नै अच्चमित तुल्याउन सक्ने प्राकृतिक सामाजिक तथा साँस्कृतिक सम्पदाहरुको संरक्षण गरी यस क्षेत्रलाई पर्यटकिय क्षेत्र घोषणा गरी लाखौँको सङख्यामा पर्यटकहरु भित्र्याउन पर्ने जरुरी देखिन्छ । यसको लागी केन्दीय सरकार प्रदेश सरकार र स्थानीय सरकार गरी तिन वटै निकायहरुले पहल कदमी लिनु अनिवार्य देखिन्छ । यहाँको प्रदेश सरकारले सुदुरपश्चिममा रहेका पर्यटकिय क्षेत्रहरुको पहिचान, संरक्षण र प्रचार प्रशार गरी यो क्षेत्रलाई पर्यटकिय क्षेत्र घोषण गरी समृद्धिको नयाँ बाटो खोली सुदुरपश्चिम क्षेत्रलार्इृ अर्थात प्रदेश नं ७ लाई नं !समृद्ध प्रदेश बनाउन जरुरी छ । यसको लागी पर्याप्त रुपमा यहाँका युवाहरुलाई स्वचालन गर्नु पर्ने देखिन्छ जस्ले गर्दा स्वदेशमै काम नपाई विदेशीने युवाहरुको सङख्यामा पनि कमि आउने देखिन्छ जस्ले गर्दा सुदुरपश्चिमको भविष्य उज्वल रहेको संकेत गर्दछ । अब पर्खेर बस्ने होइन सुन्दर सुदुरपश्चिमको परिकल्पना साकार पार्न म, तपाई र हामि सबै एकजुट हुनुको विकल्प छैन ।

मेलौली, बैतडी हाल महेन्द्रनगर, कञ्चनपुर

WRITE COMMENTS FOR THIS ARTICLE