विवाह पञ्चमी महोत्सवमा आज मटकोर
काठमाडौँ – जनकपुरधाममा आयोजना भइरहेको साताव्यापी रामजानकी विवाह पञ्चमीको पाँचौं दिन मंगलबार मटकोरको विधि हुँदैछ। जानकी मन्दिरबाट जनकनन्दनी जानकीको प्रतिकात्मक स्वरूपसँगै गीतनाद, बाजागाजा र झॉकीसहित निस्केको डोला ऐतिहासिक गंगासागर पुगी माटो खनेर मटकोर विधि गर्ने परम्परा छ। वैदिक मन्त्रोच्चारण गरी विधिपूर्वक जानकी मन्दिर भित्र्याइएको माटोले रामजानकी विवाहका लागि विवाह वेदी तयार गर्ने परम्परा छ।
भगवान रामको पक्षबाट राम मन्दिरका महन्थ र सीताको पक्षबाट जानकी मन्दिरका महन्थ अभिभावकको भूमिकामा छन्। यसअघि सोमबार सम्पन्न तिल्कोत्सवमा सीता पक्षबाट विभिन्न प्रकारको सौगात ९भार० राम मन्दिरमा लगिएको थियो। यसलाई तिलकोत्सव भनिन्छ। यसअघि महोत्सवको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ सम्पन भएको थियो। छैटौँ अर्थात् महोत्सवको मुख्य दिन बुधबार राम–सीता स्वयंवर तथा विवाह महोत्सव कार्यक्रम हुनेछ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE