Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

डीएसआर मल्टिमिडियाद्वारा अप्ठारोमा परेका ट्याक्सी चालकलाई खाद्यान्न सहयोग

३१ भाद्र

काठमाडौँ – डीएसआर मल्टिमिडियाले अप्ठारोमा रहेका ट्याक्सी चालकहरुलाई खाद्यान्न सहयोग गरेको छ । मल्टिमिडियाका प्रबन्ध निर्देशक दिनेश खनालले काठमाडौँमा ट्याक्सी चलाएर दैनिकी गुजारा चलाउँदै आएका ट्याक्सी चालकलाई खाद्यान्न सहयोग गर्नुभएको हो ।

लामो समय देशमा लकडाउन तथा निषेधाज्ञा हुँदा ट्याक्सी व्यवसायीहरुलाई दैनिकी सत्तचालनमा समस्या परेको देखेर नै सहयोग गरेको हौँ, खनालले भन्नुभयो । कठिन अवस्थामा रहेको दाजुभाई तथा दिदी बहिनीलाई सहयोग गर्नु  हामी सबैको दायित्व हो, उहाँले भन्नुभयो ।

विषम परिस्थितीमा सरकारले सहयोग गरिहाल्छ नि भनेर बस्नुभन्दा आफुले सकेको सहयोग गर्नु उपयुक्त हुन्छ भनेर यो सहयोग गरेको निर्देशक खनालले बताउनुभयो ।

मल्टिमिडयाले ट्याक्सी चालकहलाई ३० बोरा चामल तथा अन्य खाद्यन्न सहयोग गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE