Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

सरकारले भन्यो, ‘हाम्रो लागि धेरै अफ्ठ्यारो समय आएको छ’

२४ असोज 
काठमाडौं – सरकारले कोरोना संक्रमणको दर बढ्दै जाँदा अफ्ठ्यारो परिस्थिति आएको बताएको छ । डिस्चार्ज हुनेभन्दा भर्ना हुने क्रम बढ्दै जाँदा निकै कठिन अवस्था आएको बताएको सरकारको भनाइ छ ।

“हाम्रो लागि धेरै अफ्ठ्यारो समय आएको छ । संक्रमितको संख्या धेरै बढेको छ । अस्पताल र आइसोलेसन सेन्टरहरु भरिएका छन् । खचाखच बिरामी छन्,” नियमित प्रेस ब्रिफिङका क्रममा शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले भने, “उहाँहरुको डिस्चार्ज हुने दर घटेको छ र बिरामी हुने दर बढेको छ ।

यसले हामीलाई धेरै अफ्ठ्यारो परिस्थितिमा पुर्याउँदैछ भन्ने आंकलन गर्न सकिन्छ । यसकारण सबै सुरक्षित रहौं ।”

WRITE COMMENTS FOR THIS ARTICLE