Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

घरको छतबाट धकेलेर छोराले गरे बुवाको हत्या

८ कात्तिक
दाङ
– दाङमा छोराले आफ्नै बुवाको हत्या गरेका छन्। जिल्लाको बंगलाचुली गाउँपालिका वडा नं. २ निवासी २२ वर्षीय छोरा वीरबहादुर विकले आफ्नै ४५ वर्षीय बुवा बालाराम विकलाई घरको छतबाट धकलेर हत्या गरेका छन्।

छतबाट खसेपछि बालारामको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ। जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काका अनुसार घटना गएराति पौने १२ बजेतिर हो।

‘सामान्य घरायसी विवादपछि छोराले बुवालाई कुटपिट गरी घरको छतबाट खसालेर हत्या गरेको भन्ने खुल्न आएको छ,’ डिएसपी खड्काले भने, ‘छोरालाई बिहानै पक्राउ गरिसकेका छौं।’

घटनाबारे प्रहरीलाई शनिबार बिहान २ बजेमात्रै खबर आएको र प्रहरी घटनास्थल पुगेको डिएसी खड्काले बताए । घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको डिएसपी खड्काले बताए।

WRITE COMMENTS FOR THIS ARTICLE