देशैभरका मालपोत र नापीमा प्रविधिमैत्री सेवा पुर्याउछौं : मन्त्री अर्याल
५ मंसिर
स्याङ्जा – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले मालपोत कार्यालय वालिङलाई नमुना कार्यालय घोषणा गर्नुभएको छ । मन्त्रालयको देशैभरका मालपोत र नापी कार्यालय प्रविधिमैत्री, सेवाग्राहीमैत्री बनाउने अभियान अन्तर्गत आज ९शुक्रबार० मालपोत कार्यालय वालिङलाई नमुना घोषणा गर्नुभएको हो ।
त्यस क्रममा मालपोत कार्यालयलाई नमुना घोषणा गर्दै मन्त्री अर्यालले मालपोत र नापी कार्यालयबाट प्रदान गरिने सेवा प्रविधिमैत्री र सेवाग्राहीमैत्री बनाउँदै लगिएको बताउनुभयो । मालपोत र नापी कार्यालयको बिग्रीएको छबी बदल्नका लागि सफलता प्राप्त हुँदै गएको बताउदै मन्त्री अर्यालले ती कार्यलयहरुबाट प्रवाह हुने सेवाबाट पुष्टि हुँदै गएको बताउनुभयो ।
सुशासन कायम गर्ने कुरा गाली गरेर मात्र प्राप्त नहुने भन्दै उहाँले त्यसका निम्ती नयाँ प्रविधिको प्रयोग, नयाँ सिस्टमको विकास गरेर सुशासन कायम गर्न सकिने बताउनुभयो । ‘सिस्टमबाट नै सुशासन कायम गर्ने, प्रविधिको प्रयोग गरेर नै सेवाग्राहीलाई खुसी बनाउने काम प्रमुख ठानेर हामी यो अभियानमा लागेका छौ’, मन्त्री अर्यालले भन्नुभयो, ‘हिजो २÷३ दिन बसेर गर्नुपर्ने कामहरु अहिले एकैदिनमा गर्न सकिनेगरी सर्वसुलभ र छितोछरितो सेवा प्रवाह हुने सिस्टम विकास गरेर जनतालाई सुबिधा दिएका छौ ।’
नमुना भन्दा २÷४ ठाउँमा गर्ने भन्ने पनि हुनसक्ने भन्दै उहाँले यो सरकारको अभियान भएको भन्दै देशभरका ३३१ वटा मालपोत र नापी कार्यालयमा सेवाग्राहीमैत्री र प्रविधीमैत्री सेवा पु¥याइने बताउनुभयो । तर, यसका निम्ती दक्ष जनशक्तिको अभाव हुँदा अभियान प्रभावित भएको बताउनुभयो । ‘हामीले जुन प्रविधिको प्रयोग गर्न खोज्यौं त्यसका निम्ती दक्ष जनशक्तिको आवश्कता पर्छ । त्यो कुरामा हामीलाई दक्ष जनशक्तिको कसरी विकास गर्ने भन्ने कुरामा चुनौती छ’, मन्त्री अर्यालले भन्नुभयो, ‘हिजो एकढंगले कर्मचारीहरुको नियुक्ती भएका छन् । हामी अर्को हिसाबले हिड्न खोजेका छौ । नयाँ खालको प्रविधिलाई प्रयोग गरेर सेवा प्रवाह गर्न सक्ने दक्ष जनशक्तिको संख्या हामीसँग कम छ । यो कुरा चुनौतीपूर्ण त छ । तर विज्ञताको बृद्धी गर्दै कर्मचारीहरुलाई दक्ष बनाउदै हामी अगाडी बढ्नुपर्छ ।’
कार्यसम्पादनका लागि विभिन्न कानूनी झन्झटहरु रहेको भन्दै उहाँले त्यसलाई संशोधन गर्दै स्थानीय तहमा सेवा हस्तान्तरण गरिने मन्त्री अर्यालले बताउनुभयो ।
यसैबीच मन्त्री अर्यालले बेरोजगारलाई स्वःरोजगारमा परिणत गर्न भुमि बैंकको अवधारणा ल्याईएको बताउनुभयो । भुमि बैंक मार्फत बाँझो खेतियोग्य जमिनको प्रयोग गरी उत्पादकत्व बृद्धि गरिने मन्त्री अर्यालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘भुमि बैंक पुँजीपतीलाई पोस्नका निमित्त होईन । भुमि बैंकको प्रयोगले हाम्रा अधिकांश आवश्यकताहरु परिपुर्ति गर्छ ।’ भुमिको उचित उपयोग गर्नुपर्ने बताउदै उहाँले आधुनिक प्रणालीको अधिकतम प्रयोग गर्नुपर्ने बताउनुभयो । विकास, समृद्धि, लोकतन्त्र र शान्तिको स्थायित्व सरकारको लक्ष्य रहेको भन्दै उहाँले सामाजिक सद्भाव र राष्ट्रियता मुख्य मन्त्रका साथ सरकार अगाडी बढेको बताउनुभयो । उहाँले अवसर प्राप्त भएका बेला जनताले सम्झनालायक काम गर्न समेत आग्रह गर्नुभयो ‘जीवन्त, नविन काम गरौँ, अवसरको उचित सदुपयोग गरौँ ।’
कार्यक्रममा बोल्दै भुमि व्यवस्था, सहकारी तथा गरिवि निवारण मन्त्रालयका सचिव टेकनारायण पाण्डेले यो अभियानलाई देशैभर फैलाउन सरकार लागिरहेको भन्दै यस अभियानमा साथ दिन आग्रह गर्नुभयो । त्यस क्रममा मालपोत कार्यालय वालिङका प्रमुख रबीन अधिकारीले २०७५ असार ८ मा आशिष, सिद्धबाबा जेभीसँग दुई वर्षमा सक्ने गरी ठेक्का सम्झौता भएकोमा कोभिड–१९ संक्रमणका कारण पाँच महीना थप गरिएको मालपोत कार्यालय कूल ५ करोड ६ लाख २ हजार ३ सय ८४ को लागतमा निर्माण सम्पन्न भएको जानकारी दिनुभयो । त्यस अवसरमा भवन निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराउने जग्गादातालाई सम्मानसमेत गरिएको थियो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE