Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

नामजस्तै कामको परिणम हुनुपर्छ : मन्त्री तामाङ

२३ फागुन
काठमाडौँ – युवा तथा खेलकूदमन्त्री दावा तामाङले नामजस्तै कामको परिणाम देखाउन सक्नुपर्ने अहिलेको आवश्यक्ता रहेको बताउनु भएको छ ।

युवा तथा खेलकुद मन्त्रालयले शनिबार काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरेको सूचनाको हकसम्बन्धी गोष्ठीमा उहाँको मातहतमा रहेका  कर्मचारीलाई युवाहरुले नामजस्तै काम दिन युवामा ऊर्जा भएकाले त्यतातर्फ लाग्नुपर्ने बताउनु भएको थियो ।

‘मिटिङ राम्रो हुनका लागि इटिङ राम्रो हुनुपर्छ’, उहाँले भन्नुभयो, ‘काम गर्नका लागि प्रायःजसो बजेटको अभाव र समस्या भएको भन्ने गुनासोलाई समाधान गर्नका लागि अर्थमन्त्रालय र खेलकूद मन्त्रालयबीचको समन्वयमा आवश्यक व्यवस्थापन गर्न पहल गर्नेछु ।’

कतिपय अवस्थामा समस्याकै बीचबाट नै राम्रो नजिता निकाल्नुपर्ने अवस्था रहने भएकाले सबै पक्ष सक्रिय भएर आ–आफ्नो तर्फबाट लाग्न मन्त्री तामाङले आग्रह गर्नु भयो ।

 

WRITE COMMENTS FOR THIS ARTICLE