प्रचण्ड-नेपाल समूह र कांग्रेसले प्रधानमन्त्री ओलीलाई राजीनामाका लागि अवसर दिने
२३ फागुन
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदमा राजीनामाको लागि अवसर दिइने भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपाको प्रचण्ड(माधव नेपाल समूहको समझदारीअनुसार आइतबारको संसद्मा प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव लगिने छैन । आइतबारको बैठकमा प्रधानमन्त्रीको मनोविज्ञान हेरेपछि राजीनामा नदिने संकेत पाए मात्र अविश्वास प्रस्ताव लैजाने उहाँहरुको तयारी छ ।
“अहिलेलाई अविश्वास प्रस्ताव नलौने र संसद्मा प्रधानमन्त्रीको शैली हेरेर मात्र निर्णय गर्ने भन्ने छ,” नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले भने, “प्रधानमन्त्री राजीनामाको मुडमा हुनुहुँदो रहेनछ भने अर्को दिन अविश्वास प्रस्ताव लगेर त्यही प्रस्तावमार्फत नयाँ प्रधानमन्त्रीको खोजी गरिनेछ ।”
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE