Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

महिला हिंसाका दोषीलाई कारबाही गर्न अवरोध गरियो : उपप्रधानमन्त्री पोखरेल

१ चैत
काठमाडौँ – उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले पुष्पकमल दाहाल, माधव कुमार नेपाल र शेरबहादुर देउवाको सरकारले महिला हिंसाका दोषीलाई दण्डित गर्न ल्याएको अध्यादेश प्रतिनिधिसभामा टेबुल गर्न नदिएको दाबी गर्नुभएको छ  ।

अनेम संघले शनिबार काठमाडौंमा आयोजना गरेको महिला अगुवाहरुको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री पोखरेलले महिला अधिकारको कुरा गर्ने, कम्युनिष्ट हुँ भन्ने, प्रजातन्त्र र लोकतन्त्रको दुहाई दिएर कहिलेही नथाक्नेहरुनै महिला अधिकार र सुरक्षाको विरुद्धमा अग्रपंक्तिमा उभिएको दाबी गर्नु भएको हो ।

उहाँले  महिला हिंसा र बलात्कारको विरुद्धमा अपराधीहरुलाई दण्डित गर्न तथा एसिड आक्रमणका दोषीलाई कारवाही गर्न सरकारले ल्याएको अध्यादेशहरु प्रतिनिधिसभामा पेश गर्न नदिने क्रियाकलापमा संलग्नलाई घृणापुर्वक अस्वीकार गर्न पनि आग्रह गर्नु भयो । अध्यादेश टेबल गर्न नदिएर उनीहरुले कुकर्म गरेको भन्दै उपप्रधानमन्त्री पोख्रेलले त्यस विरुद्ध विरोध र भत्र्सनाको प्रस्ताव सभाबाट पारित गराउन पनि नेतृहरुलाई सुझाव दिए ।

उपप्रधानमन्त्रीले महिला हिंसाका दोषीलाई कारवाही गर्न ल्याएको अध्यादेश पेश गर्न नदिएको दाबी गरे पनि फागुन २३ गतेको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसले संबैधानिक परिषद्को काम कर्तव्य र अधिकार सम्बन्धी अध्यादेश संविधानको व्यवस्था विपरित ल्याएको भन्दै विरोध गरेको थियो । कांग्रेसको विरोध पछि बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE