Date
शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

प्रथम दोरम्बा शहीद स्मृति फुटबल प्रतियोगिता : सिनिपुले उचाल्यो उपाधि

रामेछाप – प्रथम दोरम्बा शहीद स्मृति फुटबल प्रतियोगिताको उपाधि सिनिपु गुम्बा मगर सेवा समाज टोकरपुरले उचालेको छ । आज दिउँसो १ बजे भएको खेलमा सिनिपु गुम्बा मगर सेवा समाज टोकरपुरले २ गोल गर्दै र अर्गानिक भिलेज नागीलाई हराएको हो ।
सेमिफाइलमा सिनिपुले दिपशिखालाई ५–४ ले गोल अन्तरले हराउँदै प्रवेश गरेका थियो भने नागीले लालिगुराँस युवा क्लब लखनपुरलाई ४–१ हराउँदै फाइनलमा प्रवेश गरेको थियो ।

सिनिपुका जर्सी नं.११ का सुरेश खत्रीले खेलको ५५ औँ मिनेटमा गोल गरी जितको लागि खाता खोलेका थिए । सिनिपु कै जर्सी नं. ९ का ओम प्रकाश दनुवारले खेलको ६० औँ मिनेटमा गोल गरे संगै अर्गानिक भिलेज नागीलाई २ गोलको भार परेको थियो । तर जवाफी गोल प्रहार र्ग नसक्दा अर्गानिक भिलेज नागी उपविजेतामा नै सिमित हुन पुग्यो ।

त्यस्तै, खेलमा विजेता समूहकै खेलाडी ओम प्रकाश दनुवार उत्कष्ट खेलाडीको लागि घोषित भएका छन् ।

तेस्रो स्थान ओगट्न दिपशिखा ब्वाइज युवा क्लब मन्थली-२ सफल भएको छ । दिपशिखा ब्वाइज क्लबले, लालिगुराँस युवा क्लब लखनपुरलाई ३-० ले पराजित गरेको थियो । दिपशिखाका तर्फबाट २१ आ मिनेटमा जर्सी नं. ९ का सुनिल श्रेष्ठले गाल गरी पहिलो खाता खोलेका थिए । भने जर्सी नं. २३ निकेश कार्कीले खेलको २५ मिनेटमा गोल गरेका थिए भने सोही टिमका जर्सी नं. ५ का जितेन कार्कीले ३४ मिनेटमा अर्को गोल गरेका थिए ।

चैत्र २४ गते देखि २९ गतेसम्म चलेको खेलमा १७ ओट टिमको सहभागिता रहेको थियो ।

खेलमा प्रथम हुने टिमको लागि नगद रु एक लाख ५० हजार शिल्ड, मेडल र प्रमाण पत्र, द्धितिय हुने टिमको लागि नगद रु. १ लाख मेडल र प्रमाण पत्र, तृतिय हुने टिमको लागि नगद रु पचास हजार रुपैयाँ मेडल र प्रमाण पत्र सान्त्वनाको लागि नगद रु २० हजार र उत्कष्ट खेलाडीको लागि नगद रु ५ हजार र ट्रफी सहितको पुरस्कार राखिएको छ ।

तेस्रो विजेताका लागि रियल ग्रिन फ्यासेलिटि म्यानेजमेन्ट एलएलसी साइन भिलेज क्लिनिंग सर्भिस एलएलसीका सविन योन्जनले दुबईबाट प्रायोजन गरेका थिए ।

 

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: