Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

पूर्वप्रधानमन्त्री भट्टराईले वीर अस्पतालमा ट्युमरको शल्यक्रिया गर्ने

१६ बैशाख, काठमाडौँ – पूर्वप्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई आज अस्पताल भर्ना हुनु भएको छ ।

भट्टराईको न्युरो(इन्डोक्राइनको ट्युमरको शल्यक्रिया गर्न लागिएको हो।

काठमाडौंस्थित वीर अस्पतालमा डाक्टर सुवोध अधिकारी नेतृत्वको चिकित्सक टोलीले भट्टराईको शल्यक्रिया गर्नेछन्।

यसअघि ट्युमरमा क्यान्सरको शंका भएपछि भट्टराई परीक्षणका लागि भारतको दिल्ली पुगेका थिए।

त्यहाँ परीक्षण गर्दा ट्युमरमा क्यान्सर नभएको प्रमाणित भएको थियो। शल्यक्रियाबाट ट्युमर भने चाँडै फाल्नुपर्ने डाक्टरहरूको सुझाव थियो।

WRITE COMMENTS FOR THIS ARTICLE