Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

एक हप्तामै २२८ प्रतिशतले बढ्यो कोरोना संक्रमण

१७ बैशाख, काठमाडौँ – कोेरोना भाइरस संक्रमणको दोस्रो लहर तीव्र गतिमा मुलुकभर फैलिँदै गएको छ। गत साताको तुलना यो साता २ सय २८ प्रतिशतले संक्रमित बढेका छन्। जसका कारण मुलुकभरका अस्पताल भरिएका छन्।

सघन उपचार कक्ष (आईसीयू), भेन्टिलेटर र अक्सिजन अभावले समस्या झन् जटिल बन्ने विज्ञ बताउँछन्। संक्रामक रोग विशेषज्ञ डा। अर्चना श्रेष्ठले नेपालमा एक जना संक्रमितले दुई व्यक्तिलाई संक्रमण सारिरहेको बताइन्। डा. श्रेष्ठका अनुसार संक्रमणदर हेर्ने हो भने विभिन्न मुलुकमध्ये नेपालको उच्च छ। ‘गत वर्ष भारतभन्दा नेपालमा संक्रमण एक महिना पछाडि थियो। यो वर्ष नेपालले पनि भारतको जस्तै मोड लिँदै छ’, डा. श्रेष्ठले भनिन्, ‘भारतभन्दा नेपालमा संक्रमणदर धेरै बढेको छ। पोजेटिभ दर बढ्दै जाँदा समुदायमा संक्रमण छिटो फैलिरहेको बुझ्न सकिन्छ। मृत्युको संख्या पनि बढेको छ। यही दरमा बढ्दै गए एक वर्षमा देखेको संक्रमितको संख्या अबको तीन महिनाभित्रमा नै देख्नेछौँ।’

पछिल्लो २४ घण्टामा ४८ सय ९७ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीका अनुसार पीसीआर र एन्टिजेन परीक्षणबाट यो मात्रामा संक्रमण पुष्टि भएको हो।र हेर्ने हो भने विभिन्न मुलुकमध्ये नेपालको उच्च छ। ‘गत वर्ष भारतभन्दा नेपालमा संक्रमण एक महिना पछाडि थियो। यो वर्ष नेपालले पनि भारतको जस्तै मोड लिँदै छ’, डा.श्रेष्ठले भनिन्, ‘भारतभन्दा नेपालमा संक्रमणदर धेरै बढेको छ। पोजेटिभ दर बढ्दै जाँदा समुदायमा संक्रमण छिटो फैलिरहेको बुझ्न सकिन्छ। मृत्युको संख्या पनि बढेको छ। यही दरमा बढ्दै गए एक वर्षमा देखेको संक्रमितको संख्या अबको तीन महिनाभित्रमा नै देख्नेछौं।’  यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

WRITE COMMENTS FOR THIS ARTICLE