Date
शुक्र, जेष्ठ १५, २०८३
Fri, May 29, 2026

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने भनेपछि : कांग्रेसले बोलायो पदाधिकारी बैठक

२० वैशाख, काठमाडौँ – नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सदनबाट विश्वासको मत लिने भनेपछि यसबारे छलफल गरी आवश्यक रणनीति तय गर्न नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ।

सभापति शेरबहादुर देउवाले आज दिउँसो २ बजे आफ्नै निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक राख्नु भएको छ ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज पदाधिकारी बैठक बस्ने जानकारी दिनुभयो।

उहाँकाअनुसार १४ औं महाधिवेशन र समसामयिक राजनीतिक घटनाक्रमबारे पदाधिकारी बैठकमा छलफल हुनेछ।

प्रधानमन्त्री ओलीले आइतबार बसेको मन्त्रिपरिषद बैठकमा वैशाख २७ गते विश्वासको मत लिने जानकारी गराउनु भएको थियो।

कांग्रेसले ओलीको राजीनामा माग्दै आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय केन्द्रीय समितिबाट गरिसकेको छ। त्यसका लागि नेकपा माओवादी केन्द्रले समर्थन गरे पनि जसपाले निर्णय दिएको छैन।

प्रधानमन्त्रीविरूद्ध अविश्वास प्रस्ताव पेश गर्ने गृहकार्य गरिरहेको कांग्रेसले प्रधानमन्त्रीले नै विश्वासको मत लिने भनेपछि आवश्यक रणनीति तय गर्न पदाधिकारी बैठक राखेको छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE