बाँकेमा थप एक हप्ता निषेधाज्ञा
२० वैशाख, काठमाडौँ – बाँकेमा थप एक हप्ता निषेधाज्ञा थप गरेको छ । जिल्ला प्रशासन कार्यालय, बाँकेले सोमबार सूचना जारी गर्दै निषेधाज्ञालाई बढाएर २७ गते राति १२ बजेसम्म बढाएको हो ।
यसअघि प्रशासनले वैशाख १३ गते रातिदेखि २० गते राति १२ बजेसम्मलाई निषेधाज्ञा जारी गरेको थियो ।
कोरोना संक्रमण तीव्रगतिमा फैलिइरहेको भन्दै संक्रमण फैलावट तोड्न (चेन ब्रेक) गर्न १३ गते रातिदेखि निषेधाज्ञा गरिएकोमा संक्रमण दरमा अझै कमी नआएकाले निषेधाज्ञा बढाइएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
WRITE COMMENTS FOR THIS ARTICLE