कांग्रेस सबै विकल्पमा छलफल गरेर अघि बढ्ने, सर्वदलीय बैठक बस्दै
कांग्रेस सबै विकल्पमा छलफल गरेर अघि बढ्ने, सर्वदलीय बैठक बस्दै
७ जेठ, काठमाडौं– संविधानको मर्म र भावना विपरित काम गर्ने प्रवृत्ति रोक्न सबै दलसँग छलफल गर्ने निष्कर्ष कांग्रेसले निकालेको छ ।
कांग्रसे पदाधाकारी एवं पूर्व पदाधिकारिहरुको बैठकले प्रधानमन्त्री र राष्ट्रिपतिले संविधानको मर्म र भावनालाई लत्याएको बताउँदै यो प्रवृत्ति रोक्न सबै विकल्पमा जानुपर्ने पनि बताएको छ । उक्त बैठकले प्रधानमन्त्रीेले राजीनामा नदिई ७५(५) अनुसार नयाँ सरकारका लागि आह्वान गर्नुलाई संविधानको मुल मर्म र भावना विपरीत रहेको जनाउ दिएको छ । बैठकले नयाँ सरकार गठनका लागि पहिले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको हो ।
कांग्रेसले पदाधिकारी बैठक लगत्तै सर्वदलीय बैठकको आह्वान पनि गरेको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE