Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

जबरजस्ती करणीको आरोपमा एक पक्राउ

जबरजस्ती करणीको आरोपमा एक पक्राउ

७ असार, काठमाडौं– जबरजस्ती करणीको अभियोगमा प्रहरीले भक्तपुरबाट एक पुरुषलाई पक्राउ गरेको छ ।

१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा धुलिखेल नगरपालिका–८ घर भएका २३ वर्षीय जयराम चौलागाईलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

शनिबार बिहान १५ वर्षीया किशोरी हराएको भनी जिल्ला प्रहरी कार्यालय धुलिखेलमा जाहेरी प्राप्त भएपछि प्रहरीले खोजी गर्ने क्रममा महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले किशोरीलाई काठमाडौं सुन्धारामा फेला पारेको थियो ।

थप अनुसन्धानका क्रममा प्रहरीले ती किशोरीलाई ललाई फकाई घुम्न जाउ भनी भक्तपुर नगरपालिका–४ सूर्यविनायकस्थित गेष्ट हाउसमा खाजा नास्ता खाने बाहानामा डर धम्की दिई जबरजस्ती करणी गरेको खुलेपश्चात चौलागाईलाई सुन्धाराबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसार भक्तपुरले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE