सन्तोषी सुब्बा हत्या प्रकरणः बलात्कार प्रतिकार गर्दा सलले घाँटी कसेर हत्या
सन्तोषी सुब्बा हत्या प्रकरणः बलात्कार प्रतिकार गर्दा सलले घाँटी कसेर हत्या
१० असार, काठमाडौं– सन्तोषि सुब्बा हत्या प्रकरणमा पत्रकार सम्मेलन गर्दै उनको हत्या बलात्कारको प्रतिकार गर्दा भएको प्रहरीले जनाएको छ । पत्रकार सम्मेलन गर्दै प्रहरीले हत्याका अभियुक्तलाई पनि सार्वजनिक गरेको छ ।
प्रहरीले सन्तोषीको हत्या अभियोगमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–१४ घर भई दक्षिणकाली बस्ने २९ वर्षीय सुरेश तिमल्सिनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार तिमल्सिनाले असार ६ गते उनलाई बलात्कार प्रयास गरेका थिए।
घटनाका अभियुक्त सुरेश बसमा सहचालकको रुपमा काम गर्दै आएका थिए । हत्यापछि उनी काठमाडौं आएर लुकिछुपी बसेका थिए ।
‘सन्तोषीले उक्त दिन आफूलाई बस्ने–खाने व्यवस्था नभएको बताएपछि सुरेशले उनलाई आफूले काम गर्ने बसमा बास मिलाइदिन्छु भनेका थिए। बसमा लगेर जबरजस्ती गर्न खोजेपछि सन्तोषीले प्रतिकार गर्दा सलले घाँटी कसेर उनको हत्या भएको देखिन्छ,’ अपराध महाशाखाका एक प्रहरीले अधिकारीले भने, ‘हत्यापछि सन्तोषीको अनुहार नचिनियोस् भनेर तिमल्सिनाले ढुंगाले हानेर छियाछिया पारेको’ प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको उनले बताए ।
यस्तै प्रहरीले अभियुक्तका साथबाट सन्तोषीको मोबाइल, मेमोरी कार्ड र घटनाका क्रममा अभियुक्त तिमल्सिनाले लगाएका कपडा पनि बरामद गरेको छ ।
पक्राउ परेका तिमल्सेना बसमा सहचालकको काम गर्थे। हत्या पछि उनी काठमाडौं आएर लुकीछिपी बसेका थिए।
प्रहरीले उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE