Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

राष्ट्रपतिबाट राष्ट्रिय सभाको अधिवेशन अन्त्य

२८ असार, काठमाडौँ – सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले राष्ट्रिय सभाको अधिवेशन अन्त्य गर्नुभएको छ ।

दोस्रोपटक विघटन गरिएको प्रतिनिधि सभा पुनःस्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने सर्वोच्च अदालतको परमादेशपछि केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले राष्ट्रिय सभाको अधिवेशन अन्त्य गर्नुभएको हो ।

आज राति १२ बजेदेखि अधिवेशन अन्त्य गरिएको संघीय संसदका महासचिव भरतराज गौतमले एक सूचनामार्फत जानकारी दिनुभएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE