Date
आइत, चैत्र २९, २०८२
Sun, April 12, 2026

प्रधानमन्त्री देउवाले बोलाए काँग्रेस पदाधिकारी बैठक

१ साउन, काठमाडौँ – प्रधानमन्त्री एवम् नेपाली काँग्रसका सभापति शेर बहादुर देउवाले काँग्रेस पदाधिकारी बैठक बोलाएका छन्। केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज दिउँसो २ बैठक बोलाइएको जानकारी दिए।

बैठक प्रधानमन्त्री निवास बालुवटारमा नै बस्न सक्ने बताइएको छ। तर बैठक हुने स्थान तय नभएको पौडेलले बताए। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको बैठक प्रधानमन्त्री निवासमा नै गरेको भन्दै आलोचना भएको थियो।

बैठकमा पदाधिकारीसँगै पूर्व पदाधिकारीहरुलाई समेत निम्तो दिइएको छ।

आजको बैठकमा महाधिवेशन र सरकारमा सहभागी मन्त्रीहरु नामका बारेमा छलफल हुने बताइएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE