Date
शुक्र, जेष्ठ १५, २०८३
Fri, May 29, 2026

साउन ३१ गतेदेखि कक्षा १२ को परीक्षा

साउन ३१ गतेदेखि कक्षा १२ को परीक्षा

५ साउन, काठमाडौं– कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि सुरु हुने भएको छ ।

मंगलबार बसेको बोर्डको बैठकले साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

विद्यार्थीले परीक्षा सम्बन्धित विद्यालयबाटै अर्थात होम सेन्टरबाटै दिन पाउने बोर्डका उपनियन्त्रक सुवास पन्तले जानकारी दिए । कक्षा १२ को परीक्षा भदौ ९ गतेसम्म हुने भएको छ भने परीक्षा अवधिमा गाइजात्रा र जनैपूर्णिमाको दिन विदा दिएर शनिबार पनि परीक्षा सञ्चालन निर्णय भएको उनले बताए ।

कोरोना भाइरसको दोस्रो लहरले नेपाल आक्रान्त बनेसँगै गत जेठ २६ गते तय भएको परीक्षा स्थगित भएको थियो ।

यस पटक तीन लाख ८६ हजार विद्यार्थीले परीक्षा फाराम भरेको परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ ।

आज बोर्ड अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा बैठक बसेको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE