पहिरोले मुग्लिन–नौबिसे सडक अवरुद्ध
२९ भदौ, काठमाडौँ –
तस्बिर स्रोत : दानबहादुर गुरूङको फेसबुकबाट
पहिरो झरेपछि मुग्लिन–नौबिसे सडक अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुुसार गए राति २ बजे पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै सडक माथिबाट पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको हो ।
अहिले पहिरो हटाउने काम भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर मगरले बताउनुभयो। पहिरो हटाउने काम सुरू भएको छ भने सडकमा सवारी साधन रोकिएका छन् ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE