Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026

बुद्ध एयरले बुझायो क्यानलाई प्रतिवेदन,संकेत पालना नहुँदा समस्या

१८ आश्विन, काठमाडौँ – बुद्ध एयरले गत सोमबार विराटनगर उडेको विमानमा आएको समस्या जहाजको समस्या नभएको बताएको छ। बुद्ध एयरले आज नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई बुझाएको प्रतिवेदनमा सो कुरा उल्लेख छ ।

प्रतिवेदनमा क्याप्टेनले अनावश्यक यात्रुलाई त्रसिद गरेको र इण्डिकेटरको संकेतलाई याद नगरी उडान भर्दा समस्या आएको बताएको छ। बुद्ध एयरले क्याप्टेन अनन्त डंगोलको संयोजकत्वमा छनबिन समिति गठन गरेको थियो । बाहिरी सूचनामा बढी भरपर्दा समस्या आएको कम्पनीको भनाइ छ।

गत सोमबार विहान काठमाडौंबाट विराटनगर उडेको वुद्ध एयरको ‘९ एन– एएनआई’ कलसाइनको एटीआर–७२ जहाज विराटनगरमा विमानसथलमा ल्याण्ड हुन नसकी काडमाडौंमा आएर अवतरण गरेको थियो।

विराटनगरमा पाइलटले अवतरणका लागि ल्याण्ङि गियर खोल्न खोज्दा नखुलेपछि २ घण्टासम्म आकाशमा घुमेको थियो। त्यसपछि पुनः पाइलट याङ शेर्पाले जहाजलाई काठमाडौं नै ल्याएर सकुशल अवतरण गरेका थिए। सो जहाजमा चालक दलका ४ सदस्यसहित ७७ यात्रु थिए।

 

प्रायोजित विज्ञापन
प्रायोजक विज्ञापन

 

प्रायोजक विज्ञापन
प्रायोजक विज्ञापन

WRITE COMMENTS FOR THIS ARTICLE