Date
सोम, चैत्र २३, २०८२
Mon, April 6, 2026

‘निर्णायक’ वार्तामा जुटेका ओली र नेपाल मेरियटबाट बाहिरिए

९ बैशाख, काठमाडौँ – नेकपा एमालेलाई एकतावद्ध राख्न ‘निर्णायक’ वार्तामा जुटेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दोस्रो दिनको वार्ता गरी निस्किएका छन् ।

नागपोखरीस्थित होटल मेरियटमा आज झण्डै डेढ घण्टा दुई नेताबीच वार्ता भएको छ । वार्तामा भएको कुराकानी र निष्कर्ष भने सार्वजनिक भइसकेको छैन ।

बुधबार र आज भएको ओली – नेपालबीचको भेटले लामो संवादहिनता तोडेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE