पत्रपत्रिका
१ लाख म्यादी प्रहरीको भर्ना खोलिँदै
६ माघ काठमाडौं – प्रतिनिधिसभा विघटनपछि घोषित मध्यावधि निर्वाचनका लागि नेपाल प्रहरीले म्यादी प्रहरीमा भर्ना खोल्ने तयारी गरेको छ । सरकारले आगामी १७ र २७ वैशाखका लागि निर्वाचनको मिति तय गरिसकेको अवस्थामा प्रहरीले करिब १ लाखको संख्यामा नबढ्ने गरी म्यादी प्रहरीका लागि भर्ना खोल्ने तयारी गरेको हो । त्यसका लागि प्रहरीले बजेटको मागसहितको सुरक्षा योजनाको […]
अन्तिम समयसम्म कसरत गर्दा पनि किन मोदीले भेट दिएनन् ?
५ माघ काठमाडौँ – नेपालले भारतीय पक्षलाई महत्त्व दिए पनि भारतीय पक्षले नेपाली पक्षलाई खासै महत्त्व नदिएको पाइएको छ । परराष्ट्रमन्त्री ज्ञवालीले भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न अन्तिम समयसम्म कसरत पनि मोदीले भेट नदिनुले त्यो कुरा पुष्टि गरेको छ । जब कि नेपालमा भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्त गोलदेखि सेनाप्रमुख र विदेश […]
वैदेशिक रोजगारः दुई लाख फर्किदा, ४० हजार मात्र जान पाए
५ माघ काठमाडौँ – खाडी तथा मलेसियामा कोभिडपछि ६ महिनाको अवधिमा रोजगारीका लागि ४० हजार ५ सय ३५ जनामात्रै जान पाएका छन् । जबकि यही समयमा ती देशबाट एक लाख ९२ हजार ८ सय २८ जना स्वदेश फर्किसकेका छन् । वैदेशिक रोजगार विभागका अनुसार पुस मसान्तसम्म नयाँ श्रमस्वीकृति लिएर जानेभन्दा करारपत्र नवीकरण गरेर जानेको संख्या […]
कोरोनाको खोपको लागि ‘ड्राई रन’को तयारी
५ माघ काठमाडौँ – कोभिड–१९ विरुद्धको खोपको अभियान संञ्चालन गर्न सरकारले ‘ड्राई रन’ को तयारी थालेको छ । ड्राई रन एक प्रकारले खोप लगाउने पूर्वाभ्यास हो । खोप ल्याइसकेपछि त्यसको प्रयोगमा सहजताका लागि उक्त तयारी थालिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । खोप वितरणको रोडम्यापसमेत तयार गरिएको छ । ड्राई रनअन्तरत एकदिने अभ्यासमा विभिन्न […]
ओलीको प्रश्न : संसद् विघटन मैले गरेको हुँ, राष्ट्रपतिमाथि किन हमला ?
५ माघ काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेपालको संविधानको धारा ७६ को उपधारा १ र ७, धारा ८५ एवं राष्ट्रिय तथा अन्तराष्ट्रिय अभ्यास र अनुभवका आधारमा विघटनको सिफारिस गरेको बताएका छन्। अखिल नेपाल महिला सङ्घ९अनेमसं० को दोस्रो केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले देश बर्बाद हुनबाट बचाउन आफूले प्रतिनिधिसभा विघटन गर्न वाध्य भएको […]
ओलीलाई स्पष्टीकरण, पौडेलको जिम्मेवारी खोसिने नेपाल–दाहाल समूहको निर्णय
३ माघ काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी नेपाल–दाहाल समूहले केपी शर्मा ओलीले पार्टी अनुशासन उल्लंघन गरेको भन्दै उनलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। नेपाल–दाहाल समूहको शुक्रबार बसेको स्थायी कमिटी बैठकले ओलीलाई पार्टी साधारण सदस्यताबाट पनि हटाउने गरी कारबाही प्रक्रिया अगाडि बढाउन स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री ओलीले संविधानविपरीत प्रतिनिधिसभा […]
नेतासहित २२० उच्च पदस्थको सम्पत्ति छानबिनमा
३ माघ काठमाडौँ – सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेता, पूर्व प्रशासक, व्यवसायीसहित २२० जनाको सम्पत्ति छानबिन गरिरहेको छ । यिनमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्न्यात, पूर्वआयुक्त राजनारायण पाठकलाई घुस दिने नेपाल इन्जिनियरिङ कलेजका तत्कालीनअध्यक्ष लम्बोदर न्यौपानेलगायत छन् । उनीहरुले कमाएको अकुत सम्पत्तिको अनुसन्धान गरी केही मुद्दा दायर गर्ने तयारी रहेको विभागले […]
जनकपुर–जयनगर रेल सञ्चालन हुँदै
३ माघ काठमाडौँ – माघको अन्तिम सातादेखि जनकपुर–जयनगर रेल सञ्चालनमा आउने भएको छ । जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्मको ३५ किलोमिटरमा रेल सेवा सञ्चालन गर्न आवश्यक तयारी अन्तिम चरणमा पुगेको नेपाल रेल्वे कम्पनीले जनाएको छ । कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म रेल्वे लिक, रेल्वे स्टेसन, सिग्नल लगायतका संरचना तयार भई भारतीय रेल्वे प्राविधिकद्वारा त्यसको परीक्षणसमेत […]
अझै पर्ख र हेरको मुडमा देउवा
२ माघ काठमाडौँ – नेकपाका दुवै समूहले सत्ता, सडक र निर्वाचनसम्ममा सहकार्य गर्न प्रस्ताव राख्दै आए पनि काँग्रेस सभापति शेरबहादुर देउवाले अझै केही समय पर्ख र हेर कै अवस्थामा पार्टीलाई राख्ने मनस्थिति बनाएका छन् । औपचारिकरुपमा विभाजन नभएसम्म नेकपाको एउटा नेतृत्वलाई विस्थापित गरेर अर्को नेतृत्वलाई स्थापित गर्ने एजेन्डामा काँग्रेस सहयोगी हुन नमिल्ने देउवाको भनाइ छ […]
नेपाल-भारत संयुक्त आयोगको बैठक : छलफलका विषयसूची तय
२ माघ काठमाडौँ – नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठक बिहीबारदेखि भारतमा सुरु भएको छ । अनौपचारिक रूपमा सुरु भएको बैठकको पहिलो दिन नेपाल र भारत दुवै पक्षले बैठकको पूर्वतयारीमा विविध कार्यसूचीका कार्यतालिका निर्माण तथा छलफलका विषयसूची तय गरेका छन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल दिल्ली उत्रिएलगत्तै दुवै देशका कार्यदलले बैठकको म्यान्डेटअनुसार काम थालेको मन्त्रालयकी […]



