Date
आइत, बैशाख २०, २०८३
Sun, May 3, 2026

पत्रपत्रिका

अडान र नैतिकताले अब नयाँ इजलास

१९ जेठ, काठमाडौँ – प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ हुँदा प्रश्न उठाइएका न्यायाधीशहरू तेजबहादुर केसी र बमकुमार श्रेष्ठले इजलास नछोड्ने निर्णय गरेपछि नयाँ संवैधानिक इजलास गठन हुने भएको छ। केसी र श्रेष्ठको निर्णयसँगै न्यायाधीशहरू दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले नैतिकताका आधारमा इजलासमा नबस्ने घोषणा गरेका छन्। संवैधानिक इजलासमा रहेका दुई न्यायाधीशले इजलासमा नबस्ने घोषणा गरेपछि नयाँ […]

एमालेमा यसकारण रोकियो नेपाल समूहमाथिको कारबाही

१९ जेठ, काठमाडौँ – एमालेले आफ्ना १२ नेतालाई स्पष्टीकरण सोधेको एक साता नाघे पनि कुनै निर्णय गरेको छैन। ती नेताले स्पष्टीकरणको जवाफ दिएका छैनन्। तर, स्थायी कमिटीको मंगलबार बसेको बैठकले पनि यस विषयमा निर्णय लिएन। एमाले नेतृत्व माधवकुमार नेपाल पक्षका ती नेतालाई कारबाही गरिहाल्नेभन्दा पनि अन्तिम समयसम्म एकताको प्रयास गर्ने पक्षमा देखिएको छ। पार्टी प्रवक्ता […]

चुरे दोहनले रित्तिँदै पानीको भण्डार

१९ जेठ, काठमाडौँ – फागुन दोस्रो साता जनकपुरधामको जानकी मन्दिर प्रांगणमा नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले भनेका थिए, ‘चुरेको विनाशलीला हेर्दा आँखा रसाउँछ। चुरे विनासका कारण जनकपुरमा अहिले ४ सय फिटमुनि पनि पानी भेटिन्न।’ डा. यादवले सुनाएको दुःख जनकपुरको मात्र नभई सम्पूर्ण मधेसको हो। यस क्षेत्रका अधिकांश जिल्लाका गाउँबस्ती काकाकुल बनेका छन्। इनारहरू सुक्न […]

संक्रमणकैबीच निषेधाज्ञा खुकुलो पार्ने तयारी

१९ जेठ, काठमाडौँ – कोरोना संक्रमण नियन्त्रणमा आउन नसकिरहेको बेला जारी निषेधाज्ञालाई खुकुलो पार्ने संकेत देखिएको छ। कोरोना रोकथामको लागि वैशाख १६ गतेदेखि जारी गरिएको निषेधाज्ञा विस्तारै कडा पार्दै लगिए पनि संक्रमण अझै बढिरहेको छ। तर आर्थिक वर्ष सकिन १ महिना हाराहारी बाँकी रहँदा सरकारले केही खुकुलो पार्ने तयारी गरेको छ। सोही विषयमा छलफल गर्न […]

ठाकुर – महतो र त्रिपाठी नयाँ पार्टी गठनको खोजीमा

१९ जेठ, काठमाडौँ – जसपाबाट निस्कासित महन्थ ठाकुर, राजेन्द्र महतो र स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीबीच भेटघाट भएको छ । मंगलबार सिंहदरबारमा तीन नेताबीच भेटघाट भएको जसपा स्रोतको दाबी छ । तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) मा तीनै नेता रहेका थिए । तर, पछिल्लो प्रतिनिधिसभा निर्वाचन ताका त्रिपाठीले छुट्टै राजनीतिक समूह गठन गर्दै एमालेसँग सहकार्य गरेर निर्वाचनमा […]

‘ससर्त पुरानो कमिटी ब्युँताउन ओली तयार’

१९ जेठ, काठमाडौँ – आन्तरिक विवादमा रुमलिएको नेकपा एमालेभित्र विवाद मिलाउन दोस्रो तहका नेता सक्रिय भएका बेला अध्यक्ष केपी शर्मा ओली नवौं महाधिवेशनबाट निर्वाचित कमिटी ससर्त ब्युँताउन तयार भएका छन्। माधव नेपाल समूहले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिए नवौं महाधिवेशनबाट निर्वाचित कमिटी ब्युँताई पार्टी २०७५ जेठ २ गतेको अवस्थामा […]

आतंकित बनाउने सामाजिक सञ्जालका ‘पोस्ट’

१८ जेठ, काठमाडौँ – कोरोना भाइरस महामारीले मानव समुदायलाई आक्रान्त बनाएको छ। निषेधाज्ञाका कारण अधिकांश नेपाली अत्यावश्यक कामबाहेक घरबाहिर निस्किन पाएका छैनन्। यस्तो बेला मन बहलाउन, सूचना ग्रहण गर्न, आफन्त तथा परिवारजनसँग वातचित गर्न सामाजिक सञ्जालको प्रयोग बढ्नु स्वाभाविकै हो। तर, फेसबुक, ट्विटर, टिकटकलगायत सञ्जालमा राखिने कतिपय ‘पोस्ट’ले खिन्न मात्रै होइन आतंकित नै बनाउँछन्। शवको […]

डुब्दै मधेस

१८ जेठ, काठमाडौँ – पूर्व–पश्चिम राजमार्गको महुली खोलाको पुल हेर्दाहेर्दै होचो र खोला अग्लो भएको छ। पुल बन्दा यो खोला यति चौडा थिएन। साँघुरो खहरेजस्तो थियो। खेत र बस्ती खोलाभन्दा धेरै माथि थिए। स्थानीय गयाधर सदा भन्छन्, ‘पुल र बस्तीको उचाइ लगभग बराबरजस्तै थियो। अहिले सतहमा थपिँदो बालुवाका कारण खोला र बस्तीको उचाइ बराबर भएको […]

डुब्दै मधेस

१८ जेठ, काठमाडौँ – पूर्व–पश्चिम राजमार्गको महुली खोलाको पुल हेर्दाहेर्दै होचो र खोला अग्लो भएको छ। पुल बन्दा यो खोला यति चौडा थिएन। साँघुरो खहरेजस्तो थियो। खेत र बस्ती खोलाभन्दा धेरै माथि थिए। स्थानीय गयाधर सदा भन्छन्, ‘पुल र बस्तीको उचाइ लगभग बराबरजस्तै थियो। अहिले सतहमा थपिँदो बालुवाका कारण खोला र बस्तीको उचाइ बराबर भएको […]

सबै पार्टी नेतृत्वका लागि कलहमा !

१८ जेठ, काठमाडौँ – नेपालको संविधानबमोजिम राजनीतिक दलले ढिलोमा पनि पाँच वर्षमा एक पटक संघीय र प्रदेश तहका पदाधिकारीको निर्वाचन गराउनै पर्छ। धारा २६९(४) (ख) अनुसार विशेष परिस्थितिमा भने बढीमा ६ महिनाका लागि समय थप्न पाइन्छ। तर, देशका सबै ठूला राजनीतिक दलले ५ वर्ष ६ महिना (थपेरसमेत) को संवैधानिक हदम्याद गुजारिसकेका छन्। सबै पार्टी नेतृत्वका […]