राजनीति
माडीको विकासका लागि अरुलाई भन्दा मलाई बढी चिन्ता र चासो छ : अध्यक्ष दाहाल
११ कार्तिक, चितवन – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो निर्वाचन क्षेत्र रहेको माडीको विकासका लागि अरुलाई भन्दा आफूलाई बढी चिन्ता र चासो रहेको बताउनुभएको छ । जिल्ला प्रशासन कार्यालय चितवन र माडी नगरपालिकाले आज माडीको बाँदरझुलामा आयोजना गरेको नागरिकता वितरण सहजीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले माडी बनाउनका लागि नभएर […]
बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले लिए शपथ
११ कार्तिक, हेटोँडा – बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार अपरान्ह ३ स् ३० बजे प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष मुख्यमन्त्री पाण्डेले शपथ लिएका हुन् । पाण्डेसँग काँग्रेसबाट कृष्णलाल भँडेल, माओवाद केन्द्रबाट कुमारी मोक्तान र एकीकृत समाजवादीबाट कृष्णप्रसाद शर्माले मन्त्रीको शपथ लिएका छन् । मोक्तानलाई सामाजिक विकास, […]
वागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे नियुक्त
११ कार्तिक, मकवानपुर – वागमती प्रदेश सरकारको मुख्यमन्त्रीका एकीकृत समाजवादी प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डे नियुक्त भएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा (२) को उपधारा (१) बमोजिम प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश […]
कोरोना खोपमा कुनै कमी नहोस : प्रधानमन्त्री
११ कार्तिक, काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकलाई खोप उपलब्ध गराउने सरकारी लक्ष्य पूरा गर्ने काममा कुनै कसर बाँकी नराख्न सम्बद्ध निकायलाई निर्देशन दिनुभएको छ । आज यहाँ बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्रको पहिलो बैठकमा प्रधानमन्त्री देउवाले दाताको सहयोगमार्फत वा आफैँ खरिद गरेर भए पनि समयमै सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध गराउन सम्बद्ध […]
बागमती प्रदेशमा बहुमत सांसदसहित मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको दाबी
११ कार्तिक, काठमाडौँ – बागमती प्रदेशमा नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने पक्का भएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि समाजवादीका संसदीय दलका नेता पाण्डेलाई मुख्यमन्त्रीको प्रस्ताव गर्दै ५९ जना सांसदले प्रदेश प्रमुखसमक्ष बुधबार दावी पेश गरेका हुन् । मुख्यमन्त्री शाक्यले राजीनामा दिएसँगै प्रदेश प्रमुख यादवप्रसाद शर्माले बिहीबार ३ बजेसम्म सरकार गठनको […]
एमालेको स्थायी कमिटी बैठक बस्दै
११ कात्तिक, काठमाडौं – नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै छ । अपराह्न चार बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा बस्ने बैठक आसन्न राष्ट्रिय महाधिवेशनको विषयमा केन्द्रित हुने छ । एमाले उपाध्यक्ष युवराज ज्ञवालीले राष्ट्रिय महाधिवेशनका प्रतिनिधि छनोटका विषयमा छलफल हुने जानकारी दिए । ‘महाधिवेशन प्रतिनिधिहरु कुन रेसियोमा छनोट गर्ने, कति हुने लगायतका विषयमा बैठकमा छलफल हुन्छ,’ […]
बाग्मती प्रदेशकी मुख्यमन्त्री शाक्यले दिइन् राजीनामा
१० कार्तिक, काठमाडौँ – बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएकी छन् । बुधबार दिउँसो प्रदेशसभाको बैठकलाई सम्बोधन गरेपछि उनले पदबाट राजीनामा दिएकी हुन् । शाक्यले प्रदेशसभामा विश्वासको मत लिन प्रस्ताव टेबुल गरेकी थिइन् । तर, एमालेको पक्षमा सांसद कम भएकाले स्पष्ट अल्पमतमा परेकाले उनले विश्वासको मत नलिई पदबाट राजीनामा दिएकी हुन् ।
प्रधानन्यायाधीश राणाले तोके ११ इजलास
१० कार्तिक, काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले बुधबारका लागि सर्वोच्च अदालतमा ११ इजालास तोकेका छन्। विवादमा फसेका राणाले राजीनामा दिएर निकास दिनुपर्ने चौतर्फी माग उठिरहेका बेला राणाले आफूसहित अन्य न्यायाधीशका लागि इजलास तोकेका हुन्। सर्वोच्चका १४ जना न्यायाधीश प्रधानन्यायाधीश राणाले निकास दिनु पर्ने पक्षमा उभिएपछि दुई दिनदेखि सर्वोच्चमा सुनुवाइ हुन सकेको छैन। मंगलबार न्यायाधीशहरूले प्रधानन्यायाधीश […]
महाधिवेशन केही दिन पछि सार्न सभापति देउवाको निर्देशन
१० कार्तिक, काठमाडौं – कांग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशनको कार्यतालिका संशोधन गर्न निर्देशन दिएका छन् । सभापति देउवाले मंसिरभित्र सम्पन्न हुने गरी १४औँ महाधिवेशनको कार्यतालिका बनाउन पार्टीको निर्वाचन समितिलाई निर्देशन दिएका हुन् । सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी र निर्वाचन समितिका सदस्यहरूबीचको छलफलमा आज सभापति देउवाले निर्वाचन समितिलाई मंसिरभित्र पार्टीको महाधिवेशन गरिसक्ने […]
बागमती प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने
१० कार्तिक, हेटौँडा – बागमती प्रदेशसभाको नवौँ अधिवेशनको चौथो बैठक आज बस्दैछ । आज दिउँसो १ बजे बस्ने उक्त बैठकमा प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रदेशसभा सचिवालयले जनाएको छ । बैठकका लागि सबै तयारी पूरा भएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए। सत्तापक्ष र प्रतिपक्षलाई छुट्टाछुट्टै मतदान कक्षको व्यवस्था मिलाइएको छ । […]



