Date
बुध, मंसिर २०, २०८०
Wed, December 6, 2023

राजनीति

अनुसन्धानमा प्रधानमन्त्री नै आए पनि छोड्न आवश्यक छैन: प्रधानमन्त्री दाहाल

१२ भदौ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनुसन्धानका क्रममा प्रधानमन्त्रीमाथि नै अनुसन्धान गर्नु पर्ने भए पनि छोड्न आवश्यक नभएको बताएका छन् । मंगलबार संघीय संसद्मा भएको प्रश्नोत्तरमा असिम शाहले सोधेको प्रश्नको उत्तर दिने क्रममा प्रधानमन्त्रीले सरकार गठन भएदेखि सुशासनलाई प्राथमिकतामा राखेका दाबी समेत गरे । प्रधानमन्त्री दाहालले दबाबरहित निष्पक्ष छानबिन अगाडि बढाएकै कारण सुशासन […]

समाजवादी मोर्चा निर्माणमा बाबुराम–पुष्पकमल दाहाल एकमत

काठमाडौँ–एमालेबाहेकका टुटेफुटेका कम्युनिस्टलाई एकै ठाउँ ल्याएर कांग्रेससँग सत्ता बार्गेनिङ ‘पावर’ बढाउने योजनासहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराई समाजवादी मोर्चा निर्माणमा जुटेका छन्। प्रचण्ड नेकपा माओवादी केन्द्रका अध्यक्ष हुन् भने बाबुराम नेपाल समाजवादी पार्टीका अध्यक्ष हुन्। आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको दुई नेताबीचको भेटमा बृहत् समाजवादी मोर्चा निर्माणको तयारी अघि बढाउन बाबुराम–प्रचण्ड […]

राष्ट्रपति चयनका लागि पुसभित्रै निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने तयारी

काठमाडौँ – निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन कार्यतालिका पुस महिनाभित्रै सार्वजनिक गर्ने तयारी गरेको छ । आयोगले राष्ट्रपति निर्वाचित भएपछि मात्रै उपराष्ट्रपतिको चयनका लागि प्रकृया सुरु हुने समेत जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले राष्ट्रपतिको पदावधि पूरा हुनुभन्दा एक महिनाअघि नै चुनावको मिति तोक्नुपर्ने कानुनी व्यवस्था अनुसार मिति तोकेर पुस महिनाभित्र निर्वाचन कार्यक्रम […]

कांग्रेसकै नेतृत्वमा गठबन्धनको नयाँ सरकार बन्छ : नेता डा कोइराला

काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले वर्तमान गठबन्धन दलले नै कांग्रेसको नेतृत्वमा आगामी संयुक्त सरकार निर्माण गर्ने बताउनुभएको छ । विराटनगर–९ स्थित कोइराला निवासमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले नयाँ सरकारमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी ) सहित थप अन्य दल सरकारमा सहभागी हुने दाबी गर्नुभयो । नेता डा कोइरालाले कांग्रेस […]

वृद्ध भत्ता ५० वर्षमै दिने प्रतिस्पर्धा हुन बेर छैन : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सस्तो लोकप्रियताका लागि नेतृत्व तहले वृद्ध भत्तालाई छिटो–छिटो दिने निर्णय गरिरहेको बताउनुभएको छ । आज बिहीवार आर्थिक पत्रकार समाज (सेजन) को २६ औँ वार्षिकोत्सवमा बोल्दै महामन्त्री थापाले राजनीतिक दलहरूले अबका दिनमा ५० वर्षमा नै वृद्ध भत्ता पाउने व्यवस्था गर्नसक्ने प्रतिस्पर्धा चलिरहेको बताउनुभयो । महामन्त्री थापाले नयाँ प्रधानमन्त्रीले आउँदो […]

प्रारम्भिक मत परिणाम : अबको संसद अस्थिर हुने आँकलन

काठमाडौं – प्रतिनिधि सभा निर्वाचनको प्रारम्भिक मत परिणाम हेर्दा आगामी संसद अस्थिर हुने आँकलनहरु हुन थालेका छन् । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मत परिणाम घोषणा हुने क्रम जारी छ । देशभरका केही क्षेत्रका मत परिणाम घोषणा भइसकेका छन् भने धेरै स्थानमा मत गणना कार्य जारी छ । घोषणा भइसकेका […]

माल्दिभ्सको निर्वाचन आयोगका अध्यक्ष भन्छन्- ‘नेपालको निर्वाचन व्यवस्थापन सुध्रियो’

काठमाडौँ – मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अवलोकनका लागि आउनुभएका माल्दिभ्सको निर्वाचन आयोगका अध्यक्ष फुवाद थोउफिकले नेपालमा विगतको तुलनामा निर्वाचन व्यवस्थापन र प्रक्रियामा सुधार देखिएको बताउनुभएको छ । निर्वाचन अवलोकन र नेपालको भ्रमण सकेर आज स्वदेश फर्कनुअघि अध्यक्ष थोउफिकले आफू विसं २०७० को निर्वाचनमा पनि नेपालमा आएको अनुभन सुनाउँदै अहिलेको निर्वाचनमा […]

मध्यरातदेखि निर्वाचनको मौन अवधि सुरु, जुलुस निकाले २५ हजार जरिवाना

काठमाडौं – मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बिहीबार मध्यरातिबाट मौन अवधि सुरु भएको छ। योसँगै राजनीतिक दल, उम्मेदवार तथा दलका पदाधिकारीले चुनावी प्रचार गर्न बन्द गरिएको निर्वाचन आयोगले जनाएको छ। सञ्चार माध्यमले कुनै पनि प्रकारका चुनावी प्रचार सामग्री सम्प्रेषण गर्न पाउने छैनन्। मतदान सुरु हुनु ४८ घण्टाअघिदेखि मौन अवधि तोकेको हो । […]

निर्वाचनको ऐतिहासिक महायज्ञलाई सफल पार्नु सबैको दायित्व हो : प्रम देउवा

काठमाडौँ – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको ऐतिहासिक महायज्ञलाई सफल पार्नु सबैको दायित्व भएको बताउनुभएको छ । उहाँले आज एक भिडियो सन्देश जारी गर्दै मुलुक निर्वाचनको अन्तिम चरणमा रहेको र लोकतान्त्रिक शासन व्यवस्थामा निर्वाचन लोकतन्त्रको आत्मा भएको उल्लेख गर्नुभएको छ । उहाँले सन्देशमा […]

दल र उम्मेदवार आज अन्तिम प्रचारप्रसारमा, राति १२ बजेदेखि के– के गर्न पाईंदैन ?

काठमाडौँ – राजनीतिक दल तथा उम्मेदवारहरु आज अन्तिम प्रचारप्रसारमा छन् । राति १२ बजेदेखि चुनाव प्रसारप्रसार गर्न पाइँदैन । निर्वाचन आयोगले आउँदो आइतवार अर्थात् मंसिर ४ गते हुने चुनावका लागि आज राति १२ बजेदेखि आचारसंहिताले निषेध गरेका कुनै पनि गतिविधि नगर्नरनगराउन राजनीतिक दल, उम्मेदवार र नागरिकलाई सचेत गराएको छ । आज राति १२ बजेदेखि स्थिर […]