पत्रपत्रिका
राजाले राखेको मर्यादा पनि राष्ट्रपतिले कुल्चिइन्
९ माघ काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले ‘असंवैधानिक तबरबाट लगेको प्रतिनिधिसभा विघटनको सिफारिस’ लाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरेर ‘हिजो राजाहरूले राखेको मर्यादा पनि कुल्चिएको’ आरोप लगाएका छन्। राष्ट्रपतिले कसैसँग परामर्श नगरी प्रतिनिधिसभा विघटन गरिदिनुलाई ‘संविधानको घोर उल्लंघन’ भन्दै बिहीबार सर्वोच्च अदालतमा बहस गर्दा कानुन व्यवसायीले आक्रोश पोखेका हुन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, […]
व्यापार घाटा छ खर्ब नाघ्यो
९ माघ काठमाडौँ – कोरोना सङ्क्रमणका कारण खुम्चिएको नेपालको अन्तर्राष्ट्रिय व्यापार विस्तार हुन थालेको छ । आर्थिक गतिविधि खुकुलो हुँदा आयात बढ्दो छ तर निर्यातमा भएको वृद्धिदर केही कम हुँदा व्यापार घाटाको आकार भने बढ्न थालेको छ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्ष २०७७/७८ को पुससम्म नेपालको व्यापार घाटा छ खर्ब नाघेको छ । […]
विकासे मन्त्रालयको पुँजीगत खर्च निराशजनक
९ माघ काठमाडौं – विकास तथा पूर्वाधार निर्माणसँग सम्बन्धित विभिन्न मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो चौमासमा उत्साहजनक खर्च गर्न सकेका छैनन् । ती मन्त्रालयले पुँजीगत खर्चको तुलनामा चालु खर्च भने बढी गरेको पाइएको छ । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको लकडाउन, निषेधाज्ञालगायतका कारण विकासे मन्त्रालयले पुँजीगत खर्च गर्न नसकेको जनाएका छन् । राष्ट्रिय योजना […]
दुई चरणको प्रदर्शनबाट सन्तुष्ट छ कांग्रेस ?
९ माघ काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको निर्णयलाई असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमन उन्मुख कदम भएको भन्दै विरोध गर्दै आइरहेको छ । कांग्रेसले पहिलो चरणमा गत १३ पुसमा १६५ वटै प्रतिनिधिसभातर्फका निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेकामा दोस्रो चरणअन्तर्गत २५ पुसमा ३३० वटै प्रदेश निर्वाचन क्षेत्र, ३ माघमा ७५३ वटै स्थानीय तहका पालिकाहरू तथा ८ माघमा […]
अपार्टमेन्ट नै असुरक्षित, छैन अनुगमन
८ माघ काठमाडौं – काठमाडौं उपत्यकालगायत देशका मुख्य सहरी क्षेत्रमा आवास प्रयोजनका लागि निर्माण भएका गगनचुम्बी अपार्टमेन्ट तथा ठूला व्यापारिक भवन आगलागीलगायत प्रकोपको दृष्टिले असुरक्षित देखिएका छन् । अपार्टमेन्ट तथा ठूला भवनले बढी फाइदा कमाउन तोकिएको मापदण्ड पूरा नगर्ने, मापदण्डविपरीत निर्माण गर्ने तथा कमसल सामग्री प्रयोग गर्दा सुरक्षामा समेत खतरा उत्पन्न भएको हो । अपार्टमेन्ट […]
नेपालको आग्रह भारतद्वारा बेवास्ता, रोकिएन महाकालीमा एकतर्फी तटबन्ध
८ माघ दार्चुला – काम रोक्न नेपाली पक्षले गरेको आग्रहलाई उपेक्षा गर्दै भारतले महाकालीमा एकतर्फी रूपमा तटबन्ध निर्माण जारी राखेको छ । सीमामा संरचना निर्माण गर्न नपाइने अन्तर्राष्ट्रिय सहमतिविपरीत दार्चुला सदरमुकाम खलंगास्थित जिल्ला अस्पताल पारिपट्टि नदी क्षेत्र मिचेर भारतले आफूखुसी तटबन्ध बनाइरहेको हो । भारतले एकतर्फी रूपमा अन्तर्राष्ट्रिय सीमामा तटबन्ध निर्माण थालेपछि काम रोकेर दुई देशबीच यसअघि […]
जवाफ पठाएको साता नाघिसक्यो, आयोगलाई निर्णय दिन सकस
८ माघ काठमाडौँ – नेकपाको दुवै पक्षले पार्टीमा गरेको हेरफेरको विवरण अद्यावधिकका लागि दिएको निवेदनउपर आयोगले अझैसम्म केही निर्णय लिएको छैन । आयोगले पुस २३ मा दुवै पक्षलाई ७ दिनको समय दिएर थप स्पष्टताको माग गर्दै पत्र पठाएको थियो । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले […]
कोरोनाविरुद्धको खोप पाँच दिनभित्र जिल्लामा पुग्ने
८ माघ काठमाडौँ – सरकारले भारतले उपलब्ध गराएको खोप पाँच दिनभित्र जिल्लाका भण्डारणसम्म पुर्याइसक्ने योजना बनाएको छ । खोप लगाउने दिन भने अझै तय हुन सकेको छैन । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले प्राथमिकतामा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापनामा खटिनेहरु रहेको जानकारी दिए । स्वयम्सेविकालाई पनि स्वास्थ्यकर्मीसँगै पहिलो चरणमै खोप लगाइने मन्त्रालयले जनाएको छ । देशभर […]
शुरू भयो किसान क्रेडिट कार्ड
८ माघ काठमाडौं – कृषि ऋणमा सहज पहुँच पु¥याउन पहिलोपटक ‘किसान क्रेडिट कार्ड’ जारी गरिएको छ । कृषि विकास बैंकले आफ्नो ५४औं वार्षिकोत्सवको अवसरमा बुधवार काठमाडौंका १५ जना किसानलाई ‘किसान क्रेडिट कार्ड’ वितरण गर्दै यसको शुरुआत गरेको हो । कार्डसँगै कृषिबारे सम्पूर्ण जानकारी दिने ‘किसान एप’लाई समेत अर्थमन्त्री विष्णु पौडेलले औपचारिक उद्घाटन गरे । उद्घाटनको […]
खाँचो परेका बेला राष्ट्रियसभा झनै निष्क्रिय
८ माघ काठमाडौँ – प्रतिनिधिसभा विघटन भएको एक महिना पूरा भएको छ । यसबीचमा संसद्को उपल्लो सदन राष्ट्रियसभा पनि निष्क्रिय छ । प्रतिनिधिसभा विघटनपछि देखिएको दलीय ध्रुवीकरणले राष्ट्रियसभाको काम प्रभावित बन्न पुगेको छ । प्रतिनिधिसभा विघटनसँगै कानुन निर्माणका क्रममा केही समस्या छ । संविधानले प्रतिनिधिसभा विघटन भएमा प्रतिनिधिसभामा रहेका र प्रतिनिधिसभाबाट राष्ट्रियसभामा गएका विधेयक निष्क्रिय […]



