Date
शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026

पत्रपत्रिका

प्रतिनिधिसभा विघटनविरुद्ध बहस गर्न सभामुखले राखे तीन वरिष्ठ वकिल

७ माघ काठमाडौँ – प्रतिनिधिसभाको विघटन असंवैधानिक भएको लिखित जवाफ पठाएका सभामुख अग्निप्रसाद सापकोटाले अन्ततः प्रतिनिधिसभा विघटनविरुद्ध बहस गर्न तीन जना वरिष्ठ वकिल राखेका छन् । सभामुख सापकोटाले केही दिनअघि वरिष्ट अधिवक्ताहरु लवकुमार मैनाली, श्यामप्रसाद खरेल र श्रीकृष्ण सुवेदीलाई राखेका हुन् । सभामुखले लिखित जवाफ पेस गर्दा कानुन व्यवसायी राख्ने उल्लेख गरे पनि निजी वकिल […]

एक हजार निजी विद्यालय बन्द हुन सक्ने

७ माघ काठमाडौँ – कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण पठनपाठन बन्द भएपछि देशभर करिब एक हजार विद्यालय पूरै बन्द हुने जोखिममा छन् । निजी विद्यालयका संस्थामा आबद्ध नभएका तथा थोरै विद्यार्थी भएका विद्यालयहरू अब पूर्ववत् रूपमा खुल्न नसक्ने सम्बद्ध क्षेत्रको आकलन छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ९प्याब्सन०का अध्यक्ष टीकाराम पुरी कम […]

भारतले अनुदानस्वरूप नेपाललाई दिएको खोप ल्याउने प्रक्रिया आजबाट सुरु

७ माघ काठमाडौं – भारतले नेपाललाई यही साताभित्र अनुदानस्वरूप खोप उपलब्ध गराउने तयारी थालेको छ । भारतले आज (बुधबार) देखि क्रमिक रूपमा नेपालसहित माल्दिभ्स, बंगलादेश, भुटान, म्यानमारलगायतका देशलाई खोप अनुदानमा उपलब्ध गराउने प्रक्रिया अघि बढाउने भएको हो । भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोरोनाविरुद्धको खोप ‘कोभिसिल्ड’ आपूर्ति गर्न आज बुधबारदेखि प्रक्रिया अघि बढाइने भारतस्थित विदेश […]

निर्वाचनका लागि नेपाल प्रहरीले माग्यो १२ अर्ब, सशस्त्र खाका बनाउँदै

७ माघ काठमाडौं – सरकारले १७ र २७ वैशाखमा गर्ने गरी घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनका लागि सबै सुरक्षा निकायले तयारी अघि बढाएका छन् । निर्वाचनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीले तयारी तथा समन्वय समितिसमेत गठन गरिसकेका छन् भने नेपाली सेनाले सरकारले दिएको जिम्मेवारी निर्वाह गर्न तयार रहेको बताएको छ । नेपाल प्रहरीले निर्वाचनका लागि […]

सीके राउत भन्छन् : ‘३ महिनामा होस् कि ६ महिनामा, निर्वाचन त हुन्छ नै !’

५ माघ लहान – जनमत पार्टीका अध्यक्ष डा सीके राउतले अब हुने निर्वाचनको तयारीमा जुट्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । मधेश आन्दोलनका प्रथम शहीद रमेश महतोको स्मृतिमा सोमबार सिरहाको लहानमा आयोजित सभामा उनले भने, ‘आगामी तीन महिनामा होस् वा छ महिनामा निर्वाचन त हुन्छ नै, त्यसैले निर्वाचनमा जुट्नुस् ।’ निर्वाचनबाट शक्ति आर्जन गरेर मधेशी […]

गम्भीरतापूर्वक निर्वाचन तयारीमा लाग्नुस् : राष्ट्रपति

६ माघ काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले निष्पक्ष, भयरहित, विश्वसनीय रूपमा निर्वाचनका लागि गम्भीरतापूर्वक काम गर्न निर्वाचन आयोगलाई आग्रह गरेकी छन्। आयोगको आर्थिक वर्ष २०७६र७७ को वार्षिक प्रतिवेदन बुझ्दै राष्ट्रपति भण्डारीले आयोग पदाधिकारीसँग शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएकाले तोकिएको समयमै प्रतिनिधिसभाको निर्वाचन गर्न जरुरी भएको बताइन्। ‘शान्ति, स्थिरता र विकासका लागि […]

संसद् चल्दा कसैले उठाउन नसकोस् भनेर भुइँमा ठोकिए कुर्सी

६ माघ विराटनगर – प्रदेश १ को प्रदेशसभा बैठक बुधबार सुरु हुँदै छ। यसपटक बैठकस्थलको तयारी विगतभन्दा भिन्न रूपमा गरिएको छ। सांसद बस्ने कुर्सी फेर्नेदेखि कुर्सीका खुट्टालाई एकअर्कामा जोडेर फलामको पाताको ‘बोल्डिङ’ नै गरिएको छ। कुर्सी उचाल्न र हल्लाउन नसक्ने बनाइएको छ। यसअघिका कुर्सी सार्न र उठाउन मिल्ने थिए। अबको बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपाको […]

आफ्नो समूहमा तान्न अफरै–अफरै

६ माघ काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि ओली समूह र नेपाल–दाहाल समूह एकअर्काका नेताकार्यकर्ता तान्ने रणनीतिमा लागेका छन्। पार्टी विभाजनपछि अलमलमा परेका नेताकार्यकर्तालाई केपी शर्मा ओली र माधवकुमार नेपाल–पुष्पकमल दाहाल समूहले आआफ्नो पक्षमा ल्याउन केन्द्रदेखि नै बल प्रयोग गरिरहेका छन्। ओली पक्षले नेताकार्यकर्तालाई आफूतिर तान्न केन्द्रीय सदस्य बनाउनेसम्मको प्रलोभन दिएको छ। नेपाल–दाहाल […]

खोप औषधिमात्र होइन, एक रणनीतिक तथा राजनीतिक विषय

६ माघ काठमाडौँ – अहिले पनि खोप औषधिमात्र होइन, एक रणनीतिक तथा राजनीतिक विषय बनेको छ। सुरु भएको एक वर्षभित्रै कोरोना महामारीले विश्वका २० लाख मानिसको ज्यान लिइसकेको छ। पछिल्ला महिनामा कतिपय देशमा लगाउन सुरु गरिएको यसविरुद्धको खोप केबल महामारी रोक्ने औषधिमा सीमित छैन। सामाजिक जीवन र अर्थतन्त्रलाई पुरानै लयमा फर्काउन अत्यावश्यक यो खोपको विश्वमा […]

खोपको असमान वितरणले थप विपत्ति निम्त्याउने डब्ल्यूएचओ चेतावनी

६ माघ काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाविरुद्धको खोपको असमान वितरणले थप विपत्ति निम्त्याउने चेतावनी दिएको छ । डब्ल्यूएचओका प्रमुख डाक्टर टेड्रोस अधानम गेब्रियससले धनी र पहुँच भएका देशका नागरिकले मात्रै खोपमा पहुँच पाउने भन्दै विश्व नैतिक असफलताको नजिक रहेको बताए । उनले गरिब देशका पाको उमेर तथा जोखिम वर्गका मानिसभन्दा धनी देशका […]