Date
शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026

पत्रपत्रिका

सर्वदलीय बैठकमा ओलीको चर्को आलोचना

२४ मंसिर काठमाडौँ – प्रतिगमनकारी शक्तिविरुद्ध राष्ट्रिय सहमति कायम गर्न भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बोलाएको सर्वदलीय बैठकमा विपक्षी दलहरूले सरकारका कामकारबाहीमा प्रश्न उठाएका छन् । आफ्नै पार्टी नेकपाभित्र अन्तरसंघर्ष झेलिरहेका प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति कांग्रेस, जनता समाजवादी र राप्रपाका नेताहरूले चर्को आलोचना गरेका थिए । गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताविरुद्ध राजावादीहरूले सडकमा नारा घन्काउन थाल्नुको कारण धेरै […]

‘सरकारले जनमतको अपमान गरेकाले शासन सञ्चालन गर्ने नैतिक आधारसमेत गुमायो’

२४ मंसिर काठमाडौँ – प्रमुख राजनीतिक दलका नेताहरूले जनहित र जनअपेक्षाअनुसार सरकारले काम गर्न नसक्दा प्रतिगामी शक्ति चलमलाउन थालेको बताएका छन्। मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले मंगलबार बोलाएको सर्वदलीय बैठकमा सहभागी दलका नेताहरूले अहिलेका समस्याको मुख्य कारण सरकार नै भएको स्पष्ट पारे। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० भित्रको आन्तरिक विवाद चरम […]

कोरोना उपचारमा दोहोरो शुल्क लिने अस्पताललाई सरकारले कारबाही गर्ने

२२ मंसिर काठमाडौँ – कोरोना उपचारमा सूचीकृत अस्पतालहरूले दोहोरो शुल्क लिएको गुनासो आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले केही अस्पतालले बिरामी र स्वास्थ्य मन्त्रालय दुवैबाट शुल्क लिएको गुनासो आएको जानकारी दिएका हुन् । ‘सेवाग्राही र स्वास्थ्य मन्त्रालयसँग दोहोरो शुल्क लिएको भन्ने जनगुनासो आइरहेको छ,’ प्रवक्ता गौतमले भने […]

भिजिट भिसामा कडाइ : अंग्रेजी जान्नै पर्ने !

२२ मंसिर काठमाडौँ – सरकारले भिजिट भिसासम्बन्धी कडा प्रावधान राखेर अध्यागमन कार्यविधि संशोधन गर्ने भएको छ । भिजिट भिसाका नाममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै मानव तस्करीमा संलग्न गिरोहले युवालाई विदेश पुर्याउने गरेको घटना बढ्न थालेपछि सरकारले कडाइ गर्न लागेको हो । वैदेशिक रोजगार व्यवसायी र ट्राभल एजेन्सीका साथै श्रम र अध्यागमन कर्मचारीको सेटिङमा विमानस्थलबाट भिजिट […]

विश्व समृद्धि यात्रामा नेपाल सहयात्री : परराष्ट्रमन्त्री ज्ञवाली

२२ मंसिर काठमाडौँ – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संसारको समृद्धिको यात्रामा नेपाल सहयात्री बनेर अगाडि बढ्न खोजेको बताउनुभएको छ । उहाँले त्यसका लागि नवीन सोचका साथ विश्वभर फैलिएका नेपालीको योगदान जरुरी रहेको बताउनुभयो । परराष्ट्र मन्त्रालयअन्तर्गत रहेको ब्रेनगेन सेन्टरले आइतबार आयोजना गरेको उच्च शिक्षामा डायस्पोराको संलग्नता र सहकार्यका सम्भावना विषयक वेबिनारको तेस्रो शृङ्खलाको युरोप सत्रमा मन्त्री […]

मिनी पानीजहाज तयार, उद्घाटनको मिति कुर्दै

२२ मंसिर चितवन। नारायणी नदीमा निर्माण भएको भिर क्रुज (मिनि पानी जहाज) सञ्चालनको पर्खाइमा छ । निर्माण पूरा भए पनि कोभिड १९ को कारण चलाउने अनुमति नपाएपछि त्यतिकै थन्किएको छ । सरकारले घोषणा गरेको पर्यटन वर्ष–२०२० लाई लक्षित गर्दै सञ्चालनमा आउने भनिए पनि उद्घाटनको दिन नजुरेको र कोभिडको कारणले गर्दा चलाउन नपाएको हो । मिनि […]

क्रसर उद्योगीसामु सरकार लाचार

२१ मंसिर काठमाडौँ – ‘प्राकृतिक स्रोतको दोहन रोकिएको छैन। त्यो रोक्नेलाई टिपरले किचेर मारिन्छ। हामी मूकदर्शक हुन्छौं।’ यस्तो वास्तविकता व्यक्त गर्दै क्रसर उद्योगको मनपरीबारे प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत कड्किएको र त्यस्तो परिस्थितिलाई सुधार्ने आश्वासन दिएको प्रदेशवासीले भुलेका छैनन्। तर पछिल्लो समय क्रसरको मनपरी रोकिनुको सट्टा झन्झन् बढ्दै गइरहेको छ। गत माघको पहिलो साता […]

ओलीलाई अर्को धक्का

२१ मंसिर काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको आन्तरिक विवाद चुलिँदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीलाई एकपछि अर्को धक्का लागेको छ। भदौ २६ गतेको स्थायी कमिटी निर्णय प्रधानमन्त्री ओलीको पक्षमा हुँदाहुँदै पनि त्यसको कार्यान्वयनमा देखिएको समस्याले एकपछि अर्को धक्का लागेको हो। शनिबारको सचिवालय बैठकमा आफूले राखेको प्रस्ताव अस्वीकृत भएपछि ओली झन् समस्यामा परेका छन्। कात्तिक […]

त्रिवि दीक्षान्तमा पीएचडी, एम.फिल र गोल्ड मेडल विद्यार्थी मात्रै सहभागी हुन पाउने

२१ मंसिर काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले पीएचडी, एम।फिल र गोल्ड मेडल प्राप्त विद्यार्थी मात्रै सहभागी गराएर यसपटक दीक्षान्त समारोहको आयोजना गर्ने भएको छ । कोरोना भाइरस ९कोभिड–१९०को सङ्क्रमण कायमै रहेका कारण माथिल्लो तहका विद्यार्थी र विभिन्न विषयमा गोल्ड मेडल प्राप्त विद्यार्थीको उपस्थितिमा मात्रै दीक्षान्त समारोह गर्ने निर्णयमा विश्वविद्यालय पुगेको छ । विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले दीक्षान्त […]

२ करोड १७ लाख नेपालीलाई कोरोनाविरुद्धको भ्याक्सिन दिइने, खोप ल्याउन तीव्र तयारी

२१ मंसिर काठमाडौं कोरोना भाइरसविरुद्धको भ्याक्सिन परीक्षण सफल हुनासाथ २ करोड १७ लाख नेपाली नागरिकलाई उपलब्ध गराउने योजनासहित सरकारले तयारी थालेको छ । प्राथमिकता र जोखिमका आधारमा भ्याक्सिन दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको योजना छ । केन्द्रीय तथ्यांक विभागका अनुसार नेपालको कुल जनसंख्या ३ करोड १ लाख ६९ हजार ४ सय १९ छ, जसमध्ये २ […]