Date
आइत, बैशाख २०, २०८३
Sun, May 3, 2026

पत्रपत्रिका

‘धारा ७६ (५) बमोजिम देउवालाई प्रधानमन्त्री बनाइयोस्’

१४ असार, काठमाडौँ – प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा निवेदक पक्षको बहस सकिएको छ । ९ असारदेखि भएको बहसमा रिट निवेदक शेरबहादुर देउवासहित १ सय ४६ जना सांसदको तर्फबाट ३६ जना कानुन व्यवसायीले बहस गरे । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले रिट निवेदकलाई १५ घण्टा समय तोकेको थियो । आइतबारसम्म रिट निवेदकपक्षबाट १२ घण्टाको बहस सकिएको […]

देशभरका ३४ प्रयोगशालामा कोरोना संक्रमणको परीक्षण हुनै छाड्यो

१४ असार, काठमाडौँ – देशभरका ९६ प्रयोगशालामध्ये ३४ प्रयोगशालाले कोरोना संक्रमणको परीक्षण गर्न छाडेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५८ सरकारी र ३८ निजी प्रयोगशालाहरूबाट आरटीपीसीआर विधिमार्फत परीक्षण भएका नमुनाको विवरण सार्वजनिक गर्दै आएको छ । जसमध्ये पछिल्लो २४ घण्टामा ३४ प्रयोगशालाबाट एक जनाको पनि कोरोना परीक्षण नभएको देखिएको छ । यसरी हेर्दा केही […]

लोकसेवाका पदाधिकारी आएसँगै बढुवा प्रक्रिया सुरु

१४ असार काठमाडौँ – विभिन्न मन्त्रालय, निकाय र प्रदेशहरूमा लामो समयदेखि विभिन्न सेवा समूहका गरी आठ सचिव पद रिक्त रहँदै आएको छ । प्रशासन सेवाका पाँच, इन्जियरिङ सेवाका दुई र वन तथा कृषि सेवाका १ गरी ८ सचिव पद रिक्त रहे पनि समयमा नै पदपूर्ति हुन नसक्दा ती निकायका महत्वपूर्ण काम प्रभावित हुँदै आएको छ […]

अब सार्वजनिक सवारीलाई पनि जोरबिजोर

१४ असार काठमाडौँ – काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई अझै खुकुलो बनाउने तयारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आइतबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीबीच भएको छलफलका क्रममा निषेधाज्ञाको मोडालिटीलाई थप खुकुलो बनाउने गरी परिमार्जन गर्ने विषयमा छलफल भएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सार्वजनिक यातायातलाई पनि जोरबिजोरमा सञ्चालन गर्ने […]

जनकपुर–जयनगर रेल सेवा यसै महिनाबाट

१३ असार, काठमाडौँ – जनकपुर–जयनगर जोड्ने रेल सेवा सञ्चालनका लागि जनशक्ति र प्रविधि उपलब्ध गराउन नेपाल रेलवे कम्पनी र भारतीय कम्पनी कोन्कणबीच सेवा सम्झौता (सर्भिस कन्ट्याक्ट)भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले असारभित्र    नै जनकपुर–जयनगर रेल सेवा सञ्चालन गर्ने गृहकार्य स्वरूप भारत  सरकारको मातहतमा रहेको  भारतीय  रेलवे  कम्पनी कोन्कणबीच सम्झौता भएको […]

नेपाल फुक्र्याउँदै देउवा र प्रचण्ड

१३ असार, काठमाडौँ – नेकपा एमाले नेता माधवकुमार नेपाललाई विपक्षी गठबन्धनबाट बिच्किन नदिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फुर्क्याउन थालेका छन् । एमाले एकताका लागि नेपालमाथि आफ्नै समूहको दबाब चर्को रुपमा आइरहेको अवस्थामा कांग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहालले यस्तो रणनीति लिएका छन् । शनिबार विपक्षी […]

कांग्रेसभित्र अप्ठेरोमा पौडेल

१३ असार, काठमाडौँ – ‘एकपटकका लागि कांग्रेसको नेतृत्व गर्ने इच्छा छ, त्यसका लागि तपाईंहरूले मलाई सहयोग गर्नुपर्‍यो । मलाई शेरबहादुर (शेरबहादुर देउवा) जीसँग दाँजेर हेर्नु भएन । मैले न पार्टीको नेतृत्व गर्न पाएको छु, न सरकारको ।’ २०४६ सालको राजनीतिक परिवर्तनपछि पार्टी राजनीतिको केन्द्रमा रहँदै आएका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले शुक्रबार निकटहरूसँग १४औं महाधिवेशनमा […]

समावेशी आयोग नै असमावेशी

१३ असार, कामठाडौँ – समावेशी आयोगमा नियुक्त पाँच पदाधिकारी खस–आर्य समुदायका मात्र छन्। यसले संविधानले कल्पना गरेको समावेशी आयोगको प्रतिनिधित्व नै असमावेशी भएको देखाएको छ। नेपालको संविधानको धारा २५९ मा खस–आर्य, पिछडा वर्ग, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, श्रमिक, किसान, अल्पसंख्यक एवं सीमान्तीकृत समुदाय तथा पिछडिएको वर्ग र कर्णाली तथा आर्थिक रूपले विपन्न वर्गलगायत समुदायको […]

सर्वोच्चको फैसला अघि एमाले विवाद टुङ्गिने नेताहरुको विश्वास

१३ असार, काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आन्तरिक विवाद मिलाउन सक्रिय दोस्रो पुस्ताका नेताहरुले सर्वोच्चको फैसला आउनुअघि पार्टी एकताको मिलनविन्दु पहिल्याइने बताएका छन् । प्रतिनिधिसभा विघटनको विरुद्धमा अहिले सर्वोच्च अदलतमा रिट निवेदक तर्फका कानून व्यवसायीले बहस गरिरहेका छन् । आइतबार सो पक्षका बहस टुङ्गिनेछ । रिट निवेदक पक्षका कानुन व्यवसायीहरुको बहस […]

रोइरहन्छ दिलमायाको दिल

१३ असार, काठमाडौँ – ओखलढुंगाबाट २० वर्षअघि ठूलो सपनाको पोको बोकेर बालबहादुर र दिलमायाको जोडी मधेस झरेको थियो। सन्तानको सुन्दर भविष्य अनि गतिलो शिक्षा–दीक्षाको चाहनाले उनीहरूलाई बसाइँ हिँडाएको थियो। पहाडमा पाखो पखेरोबाहेक केही थिएन। साथमा त्यो सपना पूरा गर्ने सम्पत्ति पनि त थिएन। करिब ३ वर्ष उदयपुरका ठाउँ–ठाउँमा अनेकखाले ज्याला मजदुरी गरे। अन्ततः १७ वर्षअघि […]