Date
आइत, बैशाख २०, २०८३
Sun, May 3, 2026

पत्रपत्रिका

एमाले औपचारिक रूपमै विभाजनतर्फ

११ जेठ, काठमाडौँ – सत्तारूढ दल एमाले औपचारिक रूपमै विभाजनतिर उन्मुख भएको छ। सोमबार एमाले वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरू कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्न गएका थिए। उता त्यही बेला एमालेको स्थायी समिति बैठकले नेपाल र अर्का वरिष्ठ नेता झलनाथ खनालसहित ११ जनालाई पार्टीको साधारण सदस्यबाट निष्कासन […]

स्वास्थ्य संकटकाल लगाउन प्रस्ताव पेस

  ११ जेठ, काठमाडौँ – कोरोना संक्रमणदर घट्न अझै चार हप्ता लाग्ने बताउँदै स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले स्वास्थ्य संकटकाल घोषणाका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लगेको जानकारी दिनुभएको छ ।उहाँले पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिनुभएको हो । उहाँले कोरोना संक्रमणको दर सरकारले गरेको अनुमानअनुसार सुधार नभएको, दैनिकरूपमा ८ हजारभन्दा बढी संक्रमित थपिने गरेकै कारण स्वास्थ्य […]

सुनको आयात ठप्प

११ जेठ, काठमाडौँ – कोरोना संक्रमण नियन्त्रणका लागि लागू गरिएको बन्दाबन्दीका कारण वैशाख महिनामा सुनको आयात ह्वात्तै घटेको छ । भन्सार विभागले आइतवार सार्वजनिक गरेको चालू आवको १० महीनाको तथ्यांकले यस्तो देखाएको हो । तथ्यांकअनुसार वैशाखमा १ अर्ब ७५ करोड ७७ लाख रुपैयाँको सुन आयात भएको छ, जुन सामान्य अवस्थाको भन्दा कम हो । वैशाख […]

२ अर्बको नागरिक बचतपत्र विक्री खुला, ब्याजदर ९ प्रतिशत

११ जेठ, काठमाडौँ – नेपाल राष्ट्र बैंकले ९ प्रतिशत ब्याजदरमा २ अर्ब रुपैयाँको पाँचवर्षे नागरिक बचतपत्र विक्री खुला गरेको छ । नेपाल सरकारका तर्फबाट राष्ट्र ऋण व्यवस्थापन विभागले जेठ ११ गतेदेखि असार १ गतेसम्मका लागि नागरिक बचतपत्र २०८३ विक्री खुला गरेको हो । गत आर्थिक वर्ष जेठ १ गतेदेखि २१ गतेसम्म ४ अर्ब बराबरको पाँचवर्षे […]

ओलीले प्रधानमन्त्रीको कुर्सी छोड्ने साइत !

११ जेठ, काठमाडौँ – प्रधानमन्त्री केपी ओलीले कार्यपालिका प्रमुखको कुर्सी छोड्ने उचित समय कुन हो ? प्रतिनिधिसभाका बहुसंख्यक सांसदले आगामी सरकारका लागि मार्गप्रशस्त गर्ने प्रस्ट आधार तयार पारेर न्यायपालिकामा उभिएको क्षण राजीनामा दिने उचित साइत होइन ? प्रधानमन्त्री ओली २०७४ मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनले चयन गरेका र दुई तिहाइ निकटको बहुमतका कार्यकारी प्रमुख हुनुहुन्थ्यो । […]

आजदेखि निषेधाज्ञा उल्लङ्घन गरे एक वर्ष कैद

११ जेठ, काठमाडौँ –  जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ कडाइका साथ लागू गर्ने निर्णय गरेको छ । मङ्गलबारदेखि निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्ति र सवारीसाधनलाई कारबाही गरिने भएको हो । निषेधाज्ञा उल्लङ्घन गर्दा एक वर्ष कैद, पाँच लाख रुपियाँसम्म जरिवाना  वा दुवै सजाय हुनसक्ने नयाँ कानुनी प्रावधान  छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी […]

सरकारले कोरोना उपचारलाई ३१.६ अर्ब ऋण लिने

११ जेठ, काठमाडौँ – कोरोना संक्रमण उपचारका लागि सरकारले थप ३१ अर्ब ६० करोड रूपैयाँ ऋण लिने भएको छ। यसमध्ये विश्व बैंकले ३ अर्ब ४० करोड ऋण दिइसकेको छ भने कोभिड १९ खोप व्यवस्थापनका लागि थप ९ अर्ब ऋण सहायता उपलब्ध गराउन हस्ताक्षर भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए। यसैगरी एसियाली विकास […]

नेपाल–खनाल समूहले नयाँ पार्टी खोल्ने

११ जेठ, काठमाडौँ – पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाहीमा परेका नेता झलनाथ खनालले अध्यक्ष ओली कम्युनिस्ट आन्दोलनको ‘गद्दार’ रहेको टिप्पणी गरे । आफूहरूले पार्टीलाई जोगाएर यहाँसम्म ल्याएको बताउँदै उनले कारबाहीको कुनै अर्थ नरहेको बताए । ‘हामीलाई गरिएको कारबाहीको कुनै अर्थ छैन । हामी नयाँ पार्टी खोल्छौं । प्रतिनिधिसभा विघटन गर्ने ओलीको अलोकतान्त्रिक र असंवैधानिक […]

किन हुन्छ बारम्बार अघोषित लोडसेडिङ ?

११ जेठ, काठमाडौँ – पछिल्ला केही दिनयता सर्वसाधारण झ्याप झ्याप बत्ती जाँदा हैरान भएका छन् । विद्युत् प्राधिकरणको फितलो व्यवस्थापनका कारण राजधानीका विभिन्न स्थानमा दैनिक जसो नै बत्ती आउने जाने भइरहेको छ । यस्तै समस्या देशका अन्य प्रमुख सहरमा समेत हुने गरेको उपभोक्ताले बताएका छन् । देशभर दैनिकजसो बत्ती आउने जाने गरेको गुनासो आउन थालेका […]

अमेरिका र बेलायतबाट एक करोड डोज भ्याक्सिन ल्याइने

११ जेठ, काठमाडौँ – कोभिड रोकथाम, नियन्त्रण र उपचारका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निरन्तर क्रियाशिलतासँगै विभिन्न देशबाट सहयोग आउने क्रम बढेको छ । मुख्य सचिव शंकरदास वैरागीको सक्रियतामा सरकारको प्रशासनिक निकायले कोभिड नियन्त्रणमा प्रभावकारी भूमिका खेलिरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । सोहीअनुसार सरकारले अमेरिका र बेलायतबाट १ करोड डोज भ्याक्सिन ल्याउने गृहकार्य […]