Date
आइत, बैशाख २०, २०८३
Sun, May 3, 2026

पत्रपत्रिका

युवाहरूको अभियान-‘नो खोप, नो भोट !’

१३ जेठ, काठमाडौँ – देश कोरोना महामारीले ठप्प छ। संक्रमित र मृत्यु हुनेको संख्या बढ्दो छ। अस्पतालले उपचार सेवा धान्न छाडेका छन्। अक्सिजनको अभाव चुलिँदो छ। यस्तो अवस्थामा बढेको राजनीतिक खिचातानीका कारण बीचैमा निर्वाचन घोषणा भएको छ। सर्वसाधारण भने कोरोनाविरुद्ध खोप लाउन पाए मात्र भोट हाल्न जाने मनस्थितिमा छन्। भोट हाल्न भीडमा जानुपर्छ, त्यसभन्दा पहिला सबैले […]

कोरोना भाइरस उत्पत्तिको रहस्य के ?

१३ जेठ, काठमाडौँ – सुरुमा चिनियाँ सहर वुहानमा देखिएको कोरोना भाइरसको उत्पत्तिको रहस्य डेढ वर्षसम्म सुल्झेको छैन। वुहानको जनावर बेचबिखन गर्ने एक बजारमा चमेरोबाट मानिसमा यो भाइरस सरेको मानिँदै आएको छ। चीनले यो भाइरसबारे विश्वलाई सन् २०१९ को डिसेम्बरमा मात्र जानकारी गराए पनि गत साता अमेरिकाको गुप्तचर एजेन्सीको एक प्रतिवेदनले महामारी सुरु भएको मानिएको मितिभन्दा […]

राजपा ब्युँताउने खेलमा ठाकुर पक्ष

१३ जेठ काठमाडौँ – जनता समाज पार्टी (जसपा) कार्यकारिणी समितिमा बहुमत पुर्‍याउन नसके राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल ब्युँताउने रणनीतिमा महन्थ ठाकुर–राजेन्द्र महतो पक्ष जुटेको छ। ठाकुर पक्षका नेताहरू सकेसम्म कार्यकारिणीमा बहुमत जुटाउन प्रयास गर्ने, नसके राजपा ब्युँताउने आन्तरिक तयारीमा जुटेका हुन्। कार्यकारिणीमा बहुमत जुटाउन सो पक्षले नेता अशोक राईसँग गम्भीर चरणको कुराकानी गर्ने भएका […]

निषेधाज्ञामा भएको कडाइले दिएको सन्देश

१३ जेठ, काठमाडौँ – प्रतिनिधिसभा विघटन भएको अवस्थामा सरकारले चाल्नसक्ने अन्य सम्भावित कदमहरूमा सहजता होस् भनेर निषेधाज्ञामा कडाइ भएको सरकारको क्रियाकलापले देखाएको छ। बुधबार प्रधानमन्त्री केपी ओलीले कोरोनाको दोस्रो लहर नियन्त्रणमा आउन लागेको बताइरहँदा १४ गते शुक्रबारदेखि हुने निषेधाज्ञामा कडाइको कुरालाई खण्डन गर्दछ। प्रधानमन्त्री ओलीकै भनाइअनुसार पनि अब निषेधाज्ञामा कडाइको आवश्यकता छैन, अहिलेकै निषेधाज्ञाले काम […]

आठ महिनादेखि पालभित्रै थन्कियो रेल

१३ जेठ, काठमाडौ – जनकपुरदेखि जयनगरसम्म सञ्चालनका लागि भारतबाट आठ महिनाअघि ल्याएको रेल अझै पालभित्र थन्किरहेको अवस्थामा छ । सरकारले विज्ञान विषयमा कम्तीमा माध्यमिक तह (दस जोड दुई) उत्तीर्णलाई मात्र रेल चालक अनुमति दिन सकिने गरी अध्यादेशसमेत जारी गरिसकेको छ । पटक–पटक समय तोक्दै आए पनि जनशक्तिदेखि कानुन अभावलगायत कारण रेल सञ्चालन हुन सकिरहेको छैन […]

बजेटमाथि अझै वक्रदृष्टि

१३ जेठ, काठमाडौँ – पछिल्लो राजनीतिक घटनाक्रमले आगामी आर्थिक वर्षको बजेटबारे अन्योल उत्पन्न गरेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यादेशमार्फत बजेट ल्याउने घोषणा विवादमा तानिएको छ। संविधानले आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते संसद्समक्ष प्रस्तुत गर्नुपर्ने किटानी व्यवस्था गरेको छ। प्रधानमन्त्री ओलीले केही दिनअघि संविधानको यही व्यवस्थाअनुसार जेठ १५ मा अध्यादेशमार्फत पूर्ण आकारको बजेट […]

छुट्टाछुट्टै गतिविधिमा व्यस्त जसपाका नेताहरु

१३ जेठ, काठमाडौँ – पछिल्लो समय नेपालको राजनीतिमा निर्णायक शक्तिको रुपमा उभिएका जनता समाजवादी पार्टी (जसपा) मा स्पष्टीकरणको जुहारी चलेको छ । जसपामा प्रथम अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतो तथा संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई र अर्का अध्यक्ष उपेन्द्र यादवले छुट्टाछुट्टै गतिविधि गरिरहेका छन् । महन्थ र राजेन्द्र प्रधानमन्त्री ओली […]

खोप व्यवस्थापनका लागि राष्ट्रपतिको पहल : चीनलाई फोन, भारतलाई पत्र

१३ जेठ, काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी मानिएको खोप व्यवस्थापनमा गम्भीर चासो लिएकी छन् । उत्तरी छिमेकी मुलुक चीनका समकक्षी सी जिनपिङसँग बुधबार दिउँसो भएको ‘टेलिफोन वार्ता’मा राष्ट्रपति भण्डारीले ‘नेपाललाई कोरोना भाइरसविरुद्धको खोप खरिदमा आवश्यक सहजीकरण’का लागि आग्रहसमेत गरेकी छन् । चिनियाँ समकक्षी सीले ‘असल र घनिष्ट छिमेकी मुलुकका […]

महामारी नियन्त्रणका लागि चिनियाँ नेताका चार सुझाव

१३ जेठ,काठमाडौँ – चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)अन्तर्गत अन्तर्राष्ट्रिय विभाग र नेपालका विभिन्न राजनीतिक पार्टी नेताबीच भर्चुअल बैठक भएको छ । नेपाल कारोना महामारी दोस्रो लहरसँग जुधिरहेका बेला दुई देशका पार्टीबीच छलफल भएको हो । नेपालका नेताले चीनको सहयोगका लागि ‘धन्यवाद’ दिँदै थप सहयोग अपेक्षा गरेका छन् । चीनले कोरोना महामारी नियन्त्रणमा प्राप्त सफलताको प्रशंसा गर्दै […]

होम आइसोलेसनमा बस्ने सङ्क्रमित उच्च जोखिममा

१३ जेठ, काठमाडौँ – कोरोना (कोभिड–१९) हुँदा घरमै एकान्तबास (आइसोलेसन) बस्ने सङ्क्रमित उच्च जोखिममा रहने हुँदा उनीहरूले स्वास्थ्य अवस्थाप्रति थप सतर्कता अपनाउनुपर्ने चिकित्सकहरूले बताएका छन् । रुघाखोकी, ज्वरो, जीउ दुख्ने लगायतका स्वास्थ्य समस्या हुँदा तत्काल जाँच नगराई घरमै बस्दा उपचारमा ढिलाइ हुन सक्ने र त्यस्तो अवस्थामा जोखिम बढ्ने उनीहरूको अनुभव छ । लक्षणविहीन अवस्था, हल्का […]