Date
आइत, बैशाख २०, २०८३
Sun, May 3, 2026

पत्रपत्रिका

“संविधानबमोजिम अहिले सभामुखको कुनै भूमिका छैन”

१४ जेठ, काठमाडौँ – संविधानविद्ले संविधानविपरीतका काम नगर्न सभामुख अग्निप्रसाद सापकोटालाई सुझाव दिएका छन्। सभामुखले प्रतिनिधिसभा विघटनका विषयमा बिहीबार संविधानविद् र कानुनविद्सँग छलफल गरेका थिए। छलफलमा सहभागी विज्ञले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कुल्चिए भन्दैमा अरूले पनि त्यसै गर्ने हो भने संविधानको औचित्य नै समाप्त हुने बताएका थिए। संविधानविद् डा. भीमार्जुन आचार्यले संविधानबमोजिम अहिले सभामुखको […]

जसपामा स्पष्टीकरण अन्योल

१४ जेठ काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) विवाद चर्किँदै गएपछि आपसमा सोधिएको स्पष्टीकरणको जवाफ कसैले नदिने भएका छन् । सरकारमा सहभागी हुने विषयमा विवाद चर्किँदै गएपछि स्पष्टीकरण सोध्ने, निर्णय अवज्ञा गर्ने दुवै समूहले गरेका छन् । जसपा अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवसँग ‘पार्टी निर्णय र हितविपरीत कार्य किन गरेको रु भन्ने खेलमा […]

संसद विघटनविरुद्धको रिटमा अन्तरिम आदेश अस्वीकार

१४ जेठ, काठमाडौँ – सर्वोच्च अदालतले साधारण इजलासमा दर्ता भएको संसद् विघटनविरुद्धको १९ रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले बिहीबार प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकारसहित प्रतिनिधि सभा विघटनविरुद्ध परेको १९ रिट संवैधानिक इजलास पठाउने आदेश दिएको छ । सो इजलासमा ११ रिट दर्ता भइसकेका छन् । […]

किन उर्लियो सेयर बजार ?

१४ जेठ, काठमाडौँ – विश्वव्यापी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट देश आक्रान्त छ। निषेधाज्ञाले अर्थतन्त्र ठप्प छ। राजनीतिक स्थिरता झन् भड्किएको छ। यस्तो अवस्थामा सेयर बजार भने निरन्तर उकालो लागिरहेको छ। बिहीबार मात्रै १५ अर्ब रुपैयाँको कारोबार भएको छ। नेपाल इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारका अनुसार आठरनौवटा कारणले पछिल्लो समयमा निरन्तर सेयर बजार उर्लिएको हो। साथै, […]

११ वटा जटिल भीर पार गर्दै हुम्ला पुग्यो कर्णाली करिडोर

१४ जेठ, काठमाडौँ – एघार वटा जटिल भीर पार गर्दै पाँच वर्षमा कर्णाली करिडोर हुम्ला पुगेको छ । यो पाँच वर्षको पछिल्लो वर्ष कोरोना महामारी हुँदाहुँदै पनि विकास कामले तीव्रता पाएको छ । असजिला र बढी चट्टानी भाग कोरोनाकालमै चिर्न सफलता प्राप्त भएको छ । हुम्लाको ताँजाकोट गाउँपालिकाका अध्यक्ष बाग्दल मल्ल अपत्यारिला भीरबाट हुम्लामा सडक […]

कांग्रेस महाधिवेशन अनिश्चित, पौडेलद्वारा दुई विकल्प प्रस्तुत

१४ जेठ, काठमाडौँ – आगामी ७ देखि १० भदौका लागि तय नेपाली कांग्रेस १४औं महाधिवेशन अनिश्चित बनेको छ । विश्वव्यापी कोरोना संक्रमणका कारण निर्धारित महाधिवेशन अनिश्चित बनेपछि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले दुई विकल्प अघि सारेका छन् । उनले बिहीबार नेपाल प्रेस युनियन स्थापना दिवसका अवसरमा आयोजित ‘भर्चुअल’ कार्यक्रममार्फत विकल्प देखाएका हुन् । पार्टी केन्द्रीय […]

बारपाकमा दिनमै ३ जनाको मलामी

१४ जेठ, काठमाडौँ – एघार सय घरधुरी एकै ठाउँ झुरुप्प रहेको बारपाकमा कोरोना महामारी भयावह बनेको छ । दिनमै तीन जनासम्मको मृत्यु भइरहेको छ । तर, स्थानीयले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेका छैनन् । सय९डेढ सय जनासम्म मलामी गइरहेका छन् । कोरोना परीक्षण गर्न पनि स्थानीय अनिच्छुक देखिएका छन् । जेठ महिना लागेदेखि १३ दिनमा […]

काम चलाउ बजेट ल्याउन सुझाव

१४ जेठ, काठमाडौँ – संसद् विघटन भई चुनाव घोषणा भएको अवस्थामा काम चलाउ बजेट ल्याउन सरोकारवाला पक्षले सरकारलाई सुझाव दिएका छन्। अल्पमतको चुनावी सरकारले अर्थतन्त्रमा दूरगामी प्रभाव पार्नेगरी पपुलिस्ट कार्यक्रम समावेश गरेर अध्यादेशमार्फत शनिबार पूर्ण आकारको बजेट ल्याउने चर्चा चलेको छ। यही बेला पूर्वअर्थमन्त्रीहरू, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरू र निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्तहरूले बिहीबार छुट्टाछुट्टै […]

कोभिसिल्डको विकल्पमा दुई खोप

१४ जेठ, काठमाडौँ – कोभ्याक्सले कोरोना नियन्त्रणका लागि कोभिसिल्ड खोपको विकल्प दिन पत्राचार गरेसँंगै नेपालले कोभिसिल्डको विकल्पमा अन्य दुई कम्पनीका खोप सिफारिस गरेको छ । केही दिनअघि मात्र कोभ्याक्सले नेपाललाई कोभिसिल्डको विकल्पमा अन्य खोपको विकल्प दिन आग्रह गरेको थियो । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखा प्रमुख डा. झलक गौतमले नेपालले कोभिसिल्ड खोपको […]

एसईई र कक्षा १२ को परीक्षाका विकल्पहरु बुझाइयो

१४ जेठ, काठमाडौँ – माध्यमिक शिक्षा परीक्षा (एसईई) तथा कक्षा १२ को परीक्षाको मोडालिटीको विषयमा अध्ययन गरी सुझाव दिन गठित कार्यदलले बिहीबार आफ्नो प्रतिवेदन बुझाएको छ । कोरोना भाइरस सङ्क्रमणको अवस्थामा परीक्षाका विभिन्न विकल्प सुझाउँदै कार्यदलले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेललाई प्रतिवेदन बुझाएको हो । कार्यदलले सरोकारवालासँग छलफल गरी आफ्नो प्रतिवेदन बुझाएको जानकारी […]