पत्रपत्रिका
बजेटमा किन राखिएन चुनावी खर्च ?
१७ जेठ, काठमाडौँ – सरकारले संसद् विघटन गरी २८ कात्तिक र ३ मंसिरका लागि निर्वाचन मिति घोषणा गरे पनि त्यसका लागि बजेटको व्यवस्था गरेको छैन । बजेटमा चुनावी खर्चको स्पष्ट अंक नभए पनि निर्वाचन आयोगका लागि भनेर विगतमा झैं ५५ करोड ४४ लाख रुपैयाँ मात्र विनियोजन गरिएको छ । अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेटमा […]
बढी भएको शिक्षक दरबन्दी खारेजीको तयारी
१७ जेठ, काठमाडौँ – सरकारले बढी भएको शिक्षक दरबन्दी खारेज गर्ने भएको छ। बजेट वक्तव्यमार्फत् सरकारले त्यसको तयारी गरेको हो। सरकारले शिक्षक विद्यार्थी अनुपातको आधारमा शिक्षकको दरबन्दी मिलान गर्ने जनाउँदै प्राथमिक तहमा बढी भएको दरबन्दीलाई माध्यमिक तहमा रुपान्तरण गर्ने जनाएको हो। ‘प्राथमिक तहमा बढी हुने दरबन्दी माध्यमिक तहमा रुपान्तराण गरी बढी भएको दरबन्दी खारेज गरिनेछ।’ […]
न्यायाधीशको निष्ठामाथि बारम्बार प्रश्न
१७ जेठ, काठमाडौँ – सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघठनविरुद्ध मुद्दाको दोस्रो दिनको सुनुवाइमा आइतबार पनि बहस गर्ने क्रममा मुद्दाका पक्षधर कानुन व्यवसायीले अनौठा र हठयुक्त तर्क गरेका छन् । उनीहरूले न्यायाधीशको निष्ठामाथि बारम्बार प्रश्न उठाउँदै घुमाउरो रूपमा संवैधानिक इजलासमा आफू अनुकूलका न्यायाधीश राख्नुपर्ने हठ गर्दै कानुनी शासनमाथि नै गम्भीर धावा बोल्न खोजेका छन् । उनीहरूको […]
खोपका लागि राष्ट्रपतिको कूटनीतिक सक्रियता
१७ जेठ, काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी मानिएको खोपको व्यवस्थापनमा कूटनीतिक माध्यमबाट सक्रियता जारी राखेकी छन् । राष्ट्रपति भण्डारीले अमेरिकाका राष्ट्रपति जोन बाइडेन, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, भारतका राष्ट्रपति रामनाथ कोविन्द र चीनका राष्ट्रपति सी चिनफिङलाई विभिन्न माध्यममार्फत खोप सहयोगका लागि आग्रह गरेकी हुन् । गत शुक्रबार रुसका समकक्षी […]
कोरोना संक्रमण भएपछि के गर्ने ?
१७ जेठ, काठमाडौँ – विश्वव्यापी रूपमा फैलिएको कोरोना (कोभिड–१९)को दोस्रो लहरसँग जुधिरहेको नेपालको अवस्थालाई यहाँ रहेका नेपाली चिकित्सकले गहन रूपले हेरिरहेका छन् । पछिल्लो समय सङ्क्रमणसँगै निको हुने दर पनि बढ्दै जानु सन्तोषको कुरा भएको भन्दै उनीहरूले रोग लाग्नै नदिन र निको हुने दरलाई थप बढाउन अझ उच्च सतर्कता अपनाउनुपर्ने सुझाव दिएका छन् । संयुक्त […]
कार्यान्वयनमुखी बजेट ल्याएको अर्थमन्त्रीको दाबी
१७ जेठ, काठमाडौँ – अध्यादेशमार्फत ल्याइएको आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयनमा आशंका उब्जिरहेका बेला अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भने पूर्णरूपमा कार्यान्वयनमुखी बजेट ल्याएको दाबी गरेका छन् । आइतवार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री पौडेलले बजेटमा राखिएको ६ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त हुनेगरी सरकार बजेट कार्यान्वयनमा जुट्ने बताए । उनका अनुसार अर्थ […]
संक्रमणका कारण स्थगित कक्षा १० र १२ को परीक्षा लिन ३ विकल्प
१७ जेठ, काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले कोरोना संक्रमणका कारण स्थगित कक्षा १० र १२ को परीक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयलाई विभिन्न सुझावसहित ३ विकल्प सिफारिस गरेको छ । बोर्ड बैठकले तत्काल संक्रमण सामान्य नहुने ठहरसहित वैकल्पिक माध्यमबाट परीक्षा सञ्चालनमा जोड दिएको छ । परीक्षा सञ्चालनमा हतार नगर्न सुझावसहितको सिफारिस गरिएको बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले […]
बजेट कार्यान्वयनमा आशंका
१६ जेठ, काठमाडौँ – सरकारले आर्थिक वर्ष २०७८/८९ का लागि ल्याएको वार्षिक बजेटलाई निजी क्षेत्रले सकारात्मक भएको तर कार्यान्वयनमा भने शंका व्यक्त गर्ने ठाउँ रहेको प्रतिक्रिया दिएका छन् । सरकारले ल्याएको बजेटलाई प्रशंसा गर्नुपर्ने भए पनि यो सरकार स्थायी नभएकाले शंका गर्नुपर्ने ठाउँ रहेको बताएका छन् । बजेटप्रति विभिन्न टीकाटिप्पणी उठिरहेका बेला वर्तमान सरकारले ल्याएको […]
तल्ला तहका प्रहरी खुसी
१६ जेठ, काठकाडौँ – नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीको रासन भत्ता १५ प्रतिशतले बढेको छ । न्यून तलब भत्ताबाट रासन पानीमा समस्या हुँदै आएको पटकपटकको गुनासो प्रहरीबाट आएपछि सरकारले रासन भत्ता वृद्धि गर्ने निर्णय गरेको हो । यतिबेला कोरोना महामारीका लागि अग्रपंक्तिमा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका तल्ला तहका कर्मचारी रासन भत्तामा […]
किन मनाइयो गणतन्त्र दिवस जंगी अड्डामा
१६ जेठ, काठमाडौँ – सरकारले यो वर्ष गणतन्त्र दिवसको कार्यक्रम सैनिक मुख्यालयमा आयोजना गरेको छ। विगतका वर्षमा सहिद मञ्च टुँडिखेलमा आयोजना हुँदै आएको कार्यक्रम यस वर्ष नेपाली सेनाको मुख्यालयस्थित अडिटोरियम हलमा आयोजना गरेको हो। यसले नेपाली सेनामाथि सरकारको परनिर्भरता बढ्दै गएको आशंका व्यक्त गर्न थालिए पनि गणतन्त्र दिवस आयोजक गृह मन्त्रालयले प्रतिकूल मौसमका कारण सैनिक […]



